काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले विचार संश्लेषण गर्ने भएको छ । एकीकृत जनक्रान्तिको कार्यदिशा, प्रचण्ड र किरणसँग विद्रोह पश्चात विचारधारात्मक, संङ्घर्ष, उत्पादन संस्कृतिमा गरिएको विकासलाई अझमाथि उठाउने, जनतालाई अपिल गर्ने र साम्राज्यवाद विरुद्ध प्रतिरोध तिब्र पार्ने उद्येश्यले नेकपाले विचार संश्लेषण गर्ने भएको हो । विचार संश्लेषणका लागि नेकपाले आगामी छ महिना वरपर विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । केन्द्रीय समितिका निर्णयहरुलाई काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिदै प्रचार विभाग प्रमुख/ इन्चार्ज अनिल सीले विचार विश्लेषणमा पार्टीले विशेष जोड दिएको बताए । विप्लवको विचार संश्लेषणसँगै माओवादीहरूबिचको एकता अझै अनिश्चित बनेको छ ।
बिर्तामोड । प्रथम झापा कप २०८१ को दोस्रो क्वार्टर फाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र भारतको गोर्खाल्यान्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जिटिए) दार्जिलिङ बीच हुँदैछ । पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु मैदानमै हराएर क्वार्टर फाइनल प्रवेश गरेको राजा क्लब आज दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । गत वर्ष चैतको इटहरी गोल्डकपमा भारत दार्जिलिङको कञ्चनजंघा फुटबल क्लबलाई टाइब्रेकरमा हराएको राजा क्लब बैशाखमा भएको भीमनारायण गोल्डकपको अन्तिम चारमा पुगेको थियो । बाइमा रहेको जिटिए दार्जिलिङ पहिलोपटक झापाली मैदानमा खेल्दैछ । यसअघि मंसिर अन्तिम साता इलाम गोल्डकपमा सहभागी भएको जिटिए एनआरटी काठमाडौँसँग पहिलो खेलमै पराजित भएको थियो । प्रतियोगिताको…
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा आफूहरुले ढलेको क्रान्तिलाई पुनः ब्युझाएको बताएका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रिय कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिमा आएको प्रतिक्रान्तिपछि पुनः क्रान्ति ब्युझाएको दाबी गरेका हुन् । बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले राखेका धारणाबारे स्पष्ट पार्ने क्रममा महासचिव विप्लवले पछिल्लो एक दशकयता नेपाल कम्युनिस्ट पार्टीले मार्क्सवाद, लेनिनवाद र माओवादका तीन संघटक अंगहरुमा थप विकास गरेकोले विचारको संश्लेषण जरुरी रहेको बताए । मन्तव्यको क्रममा महासचिव विप्लवले नेपालमा संसदीय व्यवस्था कि समाजवाद भन्ने विषयलाई नेपाल कम्युनिस्ट पार्टीले आम रूपमा स्थापित…