Skip to main content

Purbi Garjan

काँकरभिट्टामा ‘प्रथम इण्डो नेपाल अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुने

मेचीनगर । ‘प्रथम इण्डो नेपाल अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२५’ हुने भएको छ। काँकरभिट्टा तेक्वान्दो डोझाङ्गको आयोजनामा यही माघ १२ गतेदेखि प्रतियोगिता हुन लागेको हो।

खेलाडी उत्पादन गर्नुका साथै नेपाल भारतको सम्बन्ध खेलकुद क्षेत्रमा पनि सुमधुर बनाउने लक्ष्यका साथ नेपालको सिमावर्ती शहरमा पहिलो पटक अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप गर्न लागिएको बिहिबार काँकरभिट्टामा पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दियो ।

माघ १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट खेलाडी सहभागि हुने छन् । त्यस्तै छिमेकी मुलुक भारतको विभिन्न जिल्लाबाट समेत १५० बढी खेलाडीको सहभागिता हुने अनुमान गरिएको प्रतियोगिताका संयोजक विशाल गिरीले जानकारी दिए।

उनका अनुसार दुईदिने प्रतियोगितामा सहभागी हुने नेपालका खेलाडीले २ हजार पाँच सय तथा भारतिय खेलाडीले ३ हजार पाँच सय भारु इन्ट्री फि बुझाउनुपर्ने छ । खेलाडीले इन्ट्री फि बुझाएपछि प्रतियोगितामा सहभागी हुनुका साथै खान बस्न सबै आयोजकले नै व्यवस्था गर्ने जानकारी दिए ।

प्रतियोगितामा विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। महिला र पुरुषको छुट्टा छुट्टै पुम्से र क्यारोगी (फाइट) विधामा प्रतियोगिता हुने आयोजक काँकरभिट्टा तेक्वान्दो डोझाङ्गका अध्यक्ष विजय न्यौपानेले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा विजेता खेलाडीले नगदसहित ट्रफी, मेडल एवम् प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रत्रकार सम्मेलनमा नर्थ बंगाल तेक्वान्दो एसोसियेसन अध्यक्ष प्रविन प्रधान, सिलुगढी तेक्वान्दो डोझाङ्ग अध्यक्ष प्रदिप्ता सरकार, नेपाल तेक्वान्दो संघ कोशी प्रदेश कार्यवाहक अध्यक्ष इश्वर बिक्रम शाह, प्रदेश सदस्य सन्जय राई, पूर्व झापा जिल्ला अध्यक्ष प्रदिप श्रेष्ठ, बक्सीङ्ग सुधिर तामाङ्गलगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali