Skip to main content

Purbi Garjan

काँकरभिट्टामा ‘प्रथम इण्डो नेपाल अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुने

मेचीनगर । ‘प्रथम इण्डो नेपाल अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२५’ हुने भएको छ। काँकरभिट्टा तेक्वान्दो डोझाङ्गको आयोजनामा यही माघ १२ गतेदेखि प्रतियोगिता हुन लागेको हो।

खेलाडी उत्पादन गर्नुका साथै नेपाल भारतको सम्बन्ध खेलकुद क्षेत्रमा पनि सुमधुर बनाउने लक्ष्यका साथ नेपालको सिमावर्ती शहरमा पहिलो पटक अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप गर्न लागिएको बिहिबार काँकरभिट्टामा पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दियो ।

माघ १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट खेलाडी सहभागि हुने छन् । त्यस्तै छिमेकी मुलुक भारतको विभिन्न जिल्लाबाट समेत १५० बढी खेलाडीको सहभागिता हुने अनुमान गरिएको प्रतियोगिताका संयोजक विशाल गिरीले जानकारी दिए।

उनका अनुसार दुईदिने प्रतियोगितामा सहभागी हुने नेपालका खेलाडीले २ हजार पाँच सय तथा भारतिय खेलाडीले ३ हजार पाँच सय भारु इन्ट्री फि बुझाउनुपर्ने छ । खेलाडीले इन्ट्री फि बुझाएपछि प्रतियोगितामा सहभागी हुनुका साथै खान बस्न सबै आयोजकले नै व्यवस्था गर्ने जानकारी दिए ।

प्रतियोगितामा विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। महिला र पुरुषको छुट्टा छुट्टै पुम्से र क्यारोगी (फाइट) विधामा प्रतियोगिता हुने आयोजक काँकरभिट्टा तेक्वान्दो डोझाङ्गका अध्यक्ष विजय न्यौपानेले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा विजेता खेलाडीले नगदसहित ट्रफी, मेडल एवम् प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रत्रकार सम्मेलनमा नर्थ बंगाल तेक्वान्दो एसोसियेसन अध्यक्ष प्रविन प्रधान, सिलुगढी तेक्वान्दो डोझाङ्ग अध्यक्ष प्रदिप्ता सरकार, नेपाल तेक्वान्दो संघ कोशी प्रदेश कार्यवाहक अध्यक्ष इश्वर बिक्रम शाह, प्रदेश सदस्य सन्जय राई, पूर्व झापा जिल्ला अध्यक्ष प्रदिप श्रेष्ठ, बक्सीङ्ग सुधिर तामाङ्गलगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali