बिर्तामोड । सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको एक मात्र गोलले चर्चले फाइनल प्रवेशको ढोका खोलेको थियो । सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो । टिमका केही पहिलो रोजाइका खेलाडीबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले खेल अवधिभर सलहेशको दबाब झेलेको थियो । विपक्षी पोस्टमा…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पुस १ गतेदेखि सञ्चालन भएको उक्त कार्यक्रम अहिलेसम्म ४ वटा वडाका अपाङ्गता भएका नागरिकले लाभ लिइसकेका छन् । सोमबार मेचीनगर १ नं वडाबाट सुरू भएको उक्त कार्यक्रम नगरको पन्द्रवटै वडामा सञ्चालन हुनेछ । पुस २ गते २ नम्बर वडामा सम्पन्न गरेको अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम बुधबार वडा नम्बर ३ र पुस ४ गते बिहिबार मेचीनगर ४ मा सञ्चालन भएको छ । यस वडामा नयाँ तथ्यांक अनुसार १२४ जना अपाङ्गता भएका…
मेचीनगर । ‘प्रथम इण्डो नेपाल अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२५’ हुने भएको छ। काँकरभिट्टा तेक्वान्दो डोझाङ्गको आयोजनामा यही माघ १२ गतेदेखि प्रतियोगिता हुन लागेको हो। खेलाडी उत्पादन गर्नुका साथै नेपाल भारतको सम्बन्ध खेलकुद क्षेत्रमा पनि सुमधुर बनाउने लक्ष्यका साथ नेपालको सिमावर्ती शहरमा पहिलो पटक अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप गर्न लागिएको बिहिबार काँकरभिट्टामा पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दियो । माघ १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट खेलाडी सहभागि हुने छन् । त्यस्तै छिमेकी मुलुक भारतको विभिन्न जिल्लाबाट समेत १५० बढी खेलाडीको सहभागिता हुने अनुमान गरिएको प्रतियोगिताका संयोजक विशाल गिरीले जानकारी दिए। उनका अनुसार दुईदिने प्रतियोगितामा सहभागी हुने नेपालका खेलाडीले २ हजार…