Skip to main content

Purbi Garjan

मेचीनगर ४ मा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पुस १ गतेदेखि सञ्चालन भएको उक्त कार्यक्रम अहिलेसम्म ४ वटा वडाका अपाङ्गता भएका नागरिकले लाभ लिइसकेका छन् ।

सोमबार मेचीनगर १ नं वडाबाट सुरू भएको उक्त कार्यक्रम नगरको पन्द्रवटै वडामा सञ्चालन हुनेछ । पुस २ गते २ नम्बर वडामा सम्पन्न गरेको अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम बुधबार वडा नम्बर ३ र पुस ४ गते बिहिबार मेचीनगर ४ मा सञ्चालन भएको छ ।

यस वडामा नयाँ तथ्यांक अनुसार १२४ जना अपाङ्गता भएका मानिसहरू रहेको मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । उनका अनुसार सिंगदरबारको अधिकार घरघरमा भने झै अभियानमा सबै लक्षित वर्गको सहभागीतामा रहेको बताए । उनले अपाङ्गता भएकाहरूको बिशेषज्ञ डाक्टरसहित स्वास्थ्य परिक्षण गरि अपाङ्गता पहिचान र परिचय पत्र बितरणसमेत वितरण गरिएको बताए ।

नगरपालिकाले अभियान कै रूपमा प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित पन्द्रदिने कार्यक्रम अन्तर्गत १ गते वडा नम्बर १, २, ३ र ४ गते आज वडा नम्बर ४ मा सम्पन्न भएको हो । त्यसै ५, ६, ७ हुँदै क्रमश १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने छ ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन बिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्त्वपूर्ण कार्यक्रम सञ्चालन थालिएको करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईलीले बताए ।

मेचीनगरमा अपांगता भएका मानिस, नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्व, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग पुग्ने लक्ष्य लिइएको मेचीनगरले जनाएको छ ।

शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्युलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु उपलब्ध रहने छ । आँखा, कान, मनोविद, मेडिकल लगायतका स्वास्थ्य परिक्षणका लागि बिशेषज्ञ डाक्टरहरुले सेवा दिने मेचीनगर महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् । उनले शुक्रबार बिहान ८ बजेदेखि मेचीनगर ५ को आधारभुत स्वास्थ्य कार्यालयमा कार्यक्रम सञ्चालन हुने जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali