Skip to main content

Purbi Garjan

क्रिकेटर क्षेत्री र अभियान्ता नेपाल “उत्कृष्ट दस युवा पुरस्कार” बाट सम्मानित

प्रविण अधिकारी 

मेचीनगर । नेपाली महिला राष्ट्रिय टिमकी पुर्व कप्तान रुविना क्षेत्री र रङ्गकर्मी एवम् जातिय छुवाछुत विरुद्धकी अभियान्ता कविता नेपाल “उत्कृष्ट दस युवा पुरस्कार”बाट सम्मानित भएका छन्।

राष्ट्रिय महिला क्रिकेट टिमकी पुर्व कप्तान रूविना क्षेत्री र अभियान्ता कविता नेपाललाई नेपाल जेसीजले आफ्नो ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा “उत्कृष्ट युवा पुरस्कार”बाट सम्मानित गरिएको हो ।

हिजो शनिबार इटहरीमा शुरु भएको जेसिज राष्ट्रिय सम्मेलनका प्रमुख अतिथि एवम् प्रधानमन्त्री केपी शर्मा ओली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन कुमार पोखरेल लगायतले रुविना र कवितालाई नगद २० हजार सहित सम्मानपत्रद्धारा सम्मानित गरेका हुन् ।

सुरूङ्गा जेसीजको सिफारिसमा  खेलको माध्यमबाट राष्ट्रलाई पुर्याएको योगदानको कदर गर्दै क्षेत्रीलाई उत्कृष्ट युवा पुरस्कार प्रदान गरिएको हो । क्षेत्री नेपाली महिला क्रिकेट टोलीकी पुर्व कप्तान समेत हुन् भने अहिले पनि टिममा महत्वपुर्ण र अनुभवि खेलाडीका रुपमा रहँदै आएकी छिन्।

क्षेत्रीले महिला टी-२० क्रिकेटमा एकै ओभरमा ५ लगातार विकेट लिने अद्वितीय कीर्तिमान बनाएकी छिन्। यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो महिला क्रिकेट खेलाडी हुन्। साथै उनी नेपाली टि ट्वान्टि क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी पनि हुन्। उनले मलेसियामा आयोजित एसिसी उमन्स प्रिमियर कपमा माल्दिभ्स विरुद्ध ५४ बलमा शतक प्रहार गरेकी थिइन् ।

त्यस्तै नेपाललाई जातिय छुवाछुत अभियान्ता तथा सामाजिक परिवर्तनको क्षेत्रमा योगदान पुर्याएको कदर गर्दै ’सामाजिक न्याय र समाजोत्थान’ बिधामा सम्मान गरिएको हो । बाहुण्डागी जेसीजको सिफारिसमा नेपाललाइ सम्मान गरिएको हो । बाहुण्डागीले पहिलो पटक यो सिफारिस गरेको हो । विशेषगरी रङ्गमञ्चमा उनको उत्कृष्ट प्रस्तुति रहँदै आएको छ। समाजमा जातीय छुवाछूत विरुद्ध उनको ठुलो योगदान रहँदै आएको छ।

जेसीजले प्रत्येक वर्ष उत्कृष्ट योगदान पु¥याउने १० युवालाई “उत्कृष्ट युवा पुरस्कार”बाट पुरस्कृत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali