Skip to main content

Purbi Garjan

मेचीनगर-६ मा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र वितरण

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पुस १५ गतेसम्म सञ्चालन हुने यो अभियानबाट आजसम्म ६ वटा वडाका अपाङ्गता भएका मानिसहरुले लाभ लिइसकेका छन् । पुस १ गतेदेखि सञ्चालन भएको कार्यक्रम अहिलेसम्म ६ नं वडासम्म कार्यक्रम सम्पन्न भइसकेको छ।

नयाँ तथ्याकं अनुसार मेचीनगर वडा नम्बर ६ मा २१६ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । शनिबार मेचीनगर ६ वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा उनीहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिएको मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गले जानकारी दिए । उनले अभियानमा सबै लक्षित वर्गको सहभागीतामा रहेको बताए । अपाङ्गता भएकाहरूको बिशेषज्ञ डाक्टरसहित स्वास्थ्य परिक्षण गरि अपाङ्गता पहिचान र परिचय पत्र वितरण समेत गरिएको उनले जानकारी दिए ।

मेचीनगरले अभियान कै रूपमा प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित पन्द्रदिने कार्यक्रम अन्तर्गत १ गते वडा नम्बर १, २, ३, ४, ५ हुँदै आज पुस ६ गते वडा नम्बर ६ मा सम्पन्न भएको हो । त्यसै ७, ८, ९ हुँदै क्रमश १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने छ ।

मेचीनगरले महत्वका साथ अपाङ्गताका क्षेत्रमा कार्यक्रमहरु अगाडी बढाएको छ । त्यसकै फलस्वरुप यो अभियान पनि एक हो । यस अभियानले जुनसुकै कारणले भएपनि राज्यबाट पाउनुपर्ने सेवा तथा सुविधाबाट बन्चित भएका अपाङ्गहरुलाई पनि यस अभियानले जोड्ने लक्ष्य नगरपालिकाले लिइएको छ । त्यसैले यस अभियान सफल पार्न वडा वडामा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायतले चासो दिइरहेका छन् । त्यस्तै अभियान थप प्रभावकारी पार्न तथा आवश्यक सेवामा कमि नआओस भन्नका लागि स्थलगत रुपमै पुगेर समन्वय तथा आवश्यक निर्देशन दिइरहेका छन् ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन बिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्त्वपूर्ण कार्यक्रम सञ्चालन थालिएको करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईलीले बताए ।

मेचीनगरमा अपांगता भएका मानिस, नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्व, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग पुग्ने लक्ष्य लिइएको मेचीनगरले जनाएको छ ।

शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्युलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु उपलब्ध रहने छ । आँखा, कान, मनोविद, मेडिकल लगायतका स्वास्थ्य परिक्षणका लागि बिशेषज्ञ डाक्टरहरुले सेवा दिने मेचीनगर महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् । उनले आइतबार बिहान ८ बजेदेखि मेचीनगर ७ को वडा कार्यालय परिसरमा कार्यक्रम सञ्चालन हुने जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali