Purbi Garjan

मेचीनगर १२ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त  कार्यक्रम शुक्रबार १२ नम्बर वडामा सम्पन्न भएको हो ।

पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६, ७, ८, ९, १०,  ११ र १२ नम्बर वडामा कार्यक्रम सकिएको छ । अब ३ वटा वडामा कार्यक्रम बाँकी रहेको छ ।

हालसम्म करिव एक हजार ७०० जनाले सो सेवा लिइसकेका छन् । वडा नम्बर १२ मा नयाँ तथ्याकं अनुसार अपाङ्गता भएका ९७ जना व्यक्तिहरु रहेका छन् । अभियानमा विशेषज्ञ डाक्टरसहित अशक्तहरुलाई स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान तथा परिचय पत्र वितरण गरिएको मेचीनगर १२ का वडाध्यक्ष मधु निरौलाले जानकारी दिए ।

वडा वडामा भइरहेको स्वास्थ्य शिविरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल, करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईली, जनप्रतिनिधिहरु लगायतको सक्रिय सहभागिता रहेको छ । कार्यक्रम सफल पार्न विशेषज्ञ डाक्टरसहित ५६ जना कर्मचारीको टिम शिविरमा खटिएका छन् ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ ।

जारी अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ । अभियानको बाह्रौं दिन आज शनिबार  मेचीनगर १३ मा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाहुणडाँगीमा मोटरसाइकल दुर्घटना : सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, अर्का प्रहरी घाइते

बाहुणडाँगीमा मोटरसाइकल दुर्घटना : सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, अर्का प्रहरी घाइते

झापा । झापाको मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ...
सरकारी दस्तावेजमा अब पूर्वपश्चिम राजमार्ग होइन “महेन्द्र राजमार्ग”

सरकारी दस्तावेजमा अब पूर्वपश्चिम राजमार्ग होइन “महेन्द्र राजमार्ग”

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा पूर्वाधार विकाससम्बन्धी अघि सार...
शनिश्चरेलाई हराउँदै आदर्श युवा क्लब अन्तिम चारमा

शनिश्चरेलाई हराउँदै आदर्श युवा क्लब अन्तिम चारमा

झापा । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुधबारे सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्...
पूर्णिमा एफसी बाहिरियो, ब्रदर्श एफसी सेमिफाइनलमा

पूर्णिमा एफसी बाहिरियो, ब्रदर्श एफसी सेमिफाइनलमा

झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा ब्रदर्श एफसी...
ne_NPNepali