Skip to main content

Purbi Garjan

जनताको निराशालाई चिर्ने कार्यक्रम नेपाली विशेषताको समाजवाद हो : विप्लव सी

शोभराज बराल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनताको निराशालाई चिर्ने कार्यक्रम नेपाली विशेषताको समाजवाद भएको बताएका छन् । सोमबार जनपत्रकार सङ्गठन नेपालले काठमाडौँमा आयोजना गरेको सङ्गठनको तर्फबाट नेपाल पत्रकार महासंघमा निर्वाचित उम्मेदवारलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन् ।

जनतामा व्यापक निराशा रहेको बताउँदै विप्लवले निराशा चिर्नका लागि नेकपाले नेपाली विशेषताको समाजवादी कार्यक्रम ल्याएको बताए । ‘समाजवाद अमूख पार्टीको कार्यक्रम होइन्, यो त जनताको निराशालाई चिर्ने कार्यक्रम हो ।’, विप्लवले भने, ‘नेपाली जनताको निराशालाई चिर्न हामीले नेपाली विशेषताको समाजवादी कार्यक्रम ल्याएका छौँ ।’

उनले देश उकुस, मुकुस भएका बेलामा भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले विशेष निर्णय गर्दै निकासको बाटो दिएको बताए । संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले संचालन गरेको कार्यक्रममा महासचिव विप्लवले निर्वाचनमा विजयी उम्मेदवारलाई अभिनन्दन गर्दै सफलताको शुभकामना दिएका थिए ।

अभिनन्दित हुनेहरुमा काठमाडौँ जिल्लाबाट केन्द्रीय पार्सदमा निर्वाचित शोभराज बराल, उपत्यका प्रदेश समिति सदस्यमा निर्वाचित रणसुर महतारा, प्रतिष्ठान प्रदेश समिति सदस्यमा निर्वाचित हरिकृष्ण न्यौपाने, ललितपुर जिल्ला समिति सदस्यमा निर्वाचित कुशल बोगटी, काठमाडौँ जिल्ला समिति सदस्यमा निर्वाचित हेम सुवेदी र भक्तपुर जिल्ला समिति सदस्यमा निर्वाचित पुस्पा साउद रहेका छन् ।

गएको मंसिर २८ गते प्रदेश जिल्ला र केन्द्रको निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा संगठनको तर्फबाट हुम्ला जिल्ला सह–सचिवमा भक्तराज ऐडी, सल्यान जिल्लाको कोषाध्यक्षमा खकेन्द्र केसी र दाङ जिल्ला समिति सदस्यमा जङ्ग रेउलेसमेत निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali