Skip to main content

Purbi Garjan

जनताको निराशालाई चिर्ने कार्यक्रम नेपाली विशेषताको समाजवाद हो : विप्लव सी

शोभराज बराल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनताको निराशालाई चिर्ने कार्यक्रम नेपाली विशेषताको समाजवाद भएको बताएका छन् । सोमबार जनपत्रकार सङ्गठन नेपालले काठमाडौँमा आयोजना गरेको सङ्गठनको तर्फबाट नेपाल पत्रकार महासंघमा निर्वाचित उम्मेदवारलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन् ।

जनतामा व्यापक निराशा रहेको बताउँदै विप्लवले निराशा चिर्नका लागि नेकपाले नेपाली विशेषताको समाजवादी कार्यक्रम ल्याएको बताए । ‘समाजवाद अमूख पार्टीको कार्यक्रम होइन्, यो त जनताको निराशालाई चिर्ने कार्यक्रम हो ।’, विप्लवले भने, ‘नेपाली जनताको निराशालाई चिर्न हामीले नेपाली विशेषताको समाजवादी कार्यक्रम ल्याएका छौँ ।’

उनले देश उकुस, मुकुस भएका बेलामा भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले विशेष निर्णय गर्दै निकासको बाटो दिएको बताए । संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले संचालन गरेको कार्यक्रममा महासचिव विप्लवले निर्वाचनमा विजयी उम्मेदवारलाई अभिनन्दन गर्दै सफलताको शुभकामना दिएका थिए ।

अभिनन्दित हुनेहरुमा काठमाडौँ जिल्लाबाट केन्द्रीय पार्सदमा निर्वाचित शोभराज बराल, उपत्यका प्रदेश समिति सदस्यमा निर्वाचित रणसुर महतारा, प्रतिष्ठान प्रदेश समिति सदस्यमा निर्वाचित हरिकृष्ण न्यौपाने, ललितपुर जिल्ला समिति सदस्यमा निर्वाचित कुशल बोगटी, काठमाडौँ जिल्ला समिति सदस्यमा निर्वाचित हेम सुवेदी र भक्तपुर जिल्ला समिति सदस्यमा निर्वाचित पुस्पा साउद रहेका छन् ।

गएको मंसिर २८ गते प्रदेश जिल्ला र केन्द्रको निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा संगठनको तर्फबाट हुम्ला जिल्ला सह–सचिवमा भक्तराज ऐडी, सल्यान जिल्लाको कोषाध्यक्षमा खकेन्द्र केसी र दाङ जिल्ला समिति सदस्यमा जङ्ग रेउलेसमेत निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali