Skip to main content

Purbi Garjan

चुनाव संघर्षकै मोर्चा हो : अनिल सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले क्रान्तिकारी कम्युनिस्टका लागि चुनाव पनि संघर्षकै मोर्चा हुने दावि गरेका छन् । सोमबार जनप्रचार तथा प्रकाशन विभाग अन्तरगत साधारण शाखाको नवौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपाले चुनावमा जाने निर्णय गरेपछि संसदीय पार्टी बनेको आरोप लागिइरहेका बेलामा नेता अनिलले चुनावलाई आफ्नो पार्टीले संघर्षको मोर्चाका रुपमा प्रयोग गर्न खोजेको बताए । ‘हामीले जड्सुत्रबाट बाहिर निक्लिएर केही नयाँ सोच्नुपर्छ ।’, उनले भने, ‘चुनाव बहिस्कार र प्रयोग मात्र होइन, यसलाई संघर्षको मोर्चाको रुपमा पनि खुल्ला गर्नुपर्छ । हामीले यो पटक कम्युनिस्टका परम्परागत नजिरलाई तोड्दै नयाँ गर्न खोजेका छौँ ।’

नेकपाले पार्टी दर्ता गरेर चु्नावमा जाने निर्णय गरेको बताउँदै उनले आफ्नो पार्टीले संघर्षको नयाँ मोर्चा खोलेको बताए । ‘साम्राज्यवाद चौतर्फी मोर्चाबन्दीमा आएको छ । हामीले एउटा मोर्चा खोल्ने र अर्को मोर्चा बन्द गर्दा जित्न सकिदैन । त्यहि भएर नेकपाले पनि चौतर्फी मोर्चा खोलेको छ ।’, उनले भने, ‘हामीले जित्नका लागि साम्राज्यवादभन्दा एक स्टेप अगाडिबाट सोच्नुपर्छ ।’

साम्राज्यवादले आफ्नो मिसन पुरा गर्न कम्युनिस्टलाई प्रयोग गर्ने, पार्टी बनाइदिनेदेखि विभिन्न हर्कत गरेको बताउँदै आफ्नो पार्टीले सम्पूर्ण मोर्चा खोलेर साम्राज्यवादका विरुद्ध संघर्ष गरिरहेको जिकिर गरे । उत्कर्ष सीको अध्यक्षतामा बसेको बैठकले राजनीति, संगठनमा महत्वपूर्ण निर्णय गरेको छ । बैठकमा अनिल सीको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्री सदस्य तथा शाखा इन्चार्ज सञ्जिव सीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali