Skip to main content

Purbi Garjan

चुनाव संघर्षकै मोर्चा हो : अनिल सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले क्रान्तिकारी कम्युनिस्टका लागि चुनाव पनि संघर्षकै मोर्चा हुने दावि गरेका छन् । सोमबार जनप्रचार तथा प्रकाशन विभाग अन्तरगत साधारण शाखाको नवौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपाले चुनावमा जाने निर्णय गरेपछि संसदीय पार्टी बनेको आरोप लागिइरहेका बेलामा नेता अनिलले चुनावलाई आफ्नो पार्टीले संघर्षको मोर्चाका रुपमा प्रयोग गर्न खोजेको बताए । ‘हामीले जड्सुत्रबाट बाहिर निक्लिएर केही नयाँ सोच्नुपर्छ ।’, उनले भने, ‘चुनाव बहिस्कार र प्रयोग मात्र होइन, यसलाई संघर्षको मोर्चाको रुपमा पनि खुल्ला गर्नुपर्छ । हामीले यो पटक कम्युनिस्टका परम्परागत नजिरलाई तोड्दै नयाँ गर्न खोजेका छौँ ।’

नेकपाले पार्टी दर्ता गरेर चु्नावमा जाने निर्णय गरेको बताउँदै उनले आफ्नो पार्टीले संघर्षको नयाँ मोर्चा खोलेको बताए । ‘साम्राज्यवाद चौतर्फी मोर्चाबन्दीमा आएको छ । हामीले एउटा मोर्चा खोल्ने र अर्को मोर्चा बन्द गर्दा जित्न सकिदैन । त्यहि भएर नेकपाले पनि चौतर्फी मोर्चा खोलेको छ ।’, उनले भने, ‘हामीले जित्नका लागि साम्राज्यवादभन्दा एक स्टेप अगाडिबाट सोच्नुपर्छ ।’

साम्राज्यवादले आफ्नो मिसन पुरा गर्न कम्युनिस्टलाई प्रयोग गर्ने, पार्टी बनाइदिनेदेखि विभिन्न हर्कत गरेको बताउँदै आफ्नो पार्टीले सम्पूर्ण मोर्चा खोलेर साम्राज्यवादका विरुद्ध संघर्ष गरिरहेको जिकिर गरे । उत्कर्ष सीको अध्यक्षतामा बसेको बैठकले राजनीति, संगठनमा महत्वपूर्ण निर्णय गरेको छ । बैठकमा अनिल सीको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्री सदस्य तथा शाखा इन्चार्ज सञ्जिव सीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali