Skip to main content

Purbi Garjan

मेचीनगरका सबै वडामा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका पन्द्रवटै वडामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम सोमबार १५ नम्बर वडामा  सम्पन्न भएको हो ।

मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन गरिने कार्यतालिका अनुसार सोमबार वडा नम्बर १५ मा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।  वडा नम्बर १५ मा उक्त अभियान सकिएको छ । यस वडामा नयाँ तथ्याकं अनुसार अपाङ्गता भएका १३७ जना व्यक्तिहरु रहेका छन् । उनीहरुले सक्रिय रुपमा अभियानको लाभ लिएका छन् । अभियानमा विशेषज्ञ डाक्टरसहित अशक्तहरुलाई स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान तथा परिचय पत्र वितरण गरिएको मेचीनगर १५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन)ले जानकारी दिए ।

वडा वडामा भइरहेको स्वास्थ्य शिविरलाई प्रभावकारी बनाउन नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीलगायतले चासो दिँदै अनुगमनसंगै आवश्यक सहजिकरण गर्ने गरेका छन् ।

महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलको नेतृत्वमा अभियान सफल बनाउन लागि परिरहेको टोलिमा करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईली, जनप्रतिनिधिहरु लगायतको सक्रिय सहभागिता रहेको छ । कार्यक्रम सफल पार्न विशेषज्ञ डाक्टरसहित ५६ जना कर्मचारीको टिम शिविरमा खटिएका छन् ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ । जारी अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ ।

मेचीनगरका सबै वडामा आजबाट अभियान सम्पन्न गरिसकेको भएता पनि बिभिन्न कारणले वडागत कार्यक्रममा छुटेकाहरुलाई भोलि मेचीनगर परिसरमा नै सेवा प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali