मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शारीरिक अशक्त एवम् अपांगता भएको मानिसहरुका लागि नगरपालिकाले बिशेष कार्यक्रम मार्फत सेवा प्रदान गर्ने बताएका छन् । मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले अपाङ्गताको क्षेत्रमा पहिलो चरणको कार्यक्रम अन्तर्गत मेचीनगरले सञ्चालन गरेको अपाङ्गता लक्षित स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बनेको बताए । राज्यले प्रदान गर्ने सेवा सुविधा र आफ्नो हक अधिकार के भन्ने समेत धेरै अपाङ्गता भएका मानिसहरुलाई थाहा नभएको अवस्थामा यस शिविरले उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी गराउनुका साथै अपाङ्गता पहिचान गर्न सहयोग पुर्याएको उनको भनाइ…
विर्तामोड । झापाको विर्तामोड -३ निवासी समाजसेवी अफरोज खान पठानले राजगढ मदरसाका ५० बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन्। बढ्दो चिसोका कारण न्यानो कपडा नपाएका मदरसाका बालबालिकालाई मदरसा तालिम कुरानका अध्यक्ष समेत रहेका अफरोज खान पठानले न्यानो कपडा वितरण गरेका हुन्। समाजसेवामा निरन्तर लागि परिरहेका अफरोजले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहभागीता जनाउँदै आइरहेका छन्। आज राजगढ -५ मा रहेको मदरसाका बालबालिकालाई उनले सुइटर, ज्याकेट , टाउजर र ओछ्याउने म्याट वितरण गरेका हुन्।
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका पन्द्रवटै वडामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम सोमबार १५ नम्बर वडामा सम्पन्न भएको हो । मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन गरिने कार्यतालिका अनुसार सोमबार वडा नम्बर १५ मा उक्त कार्यक्रम आयोजना गरिएको थियो । वडा नम्बर १५ मा उक्त अभियान सकिएको छ । यस वडामा नयाँ तथ्याकं अनुसार अपाङ्गता भएका १३७ जना व्यक्तिहरु रहेका छन् । उनीहरुले सक्रिय रुपमा अभियानको लाभ लिएका छन् । अभियानमा विशेषज्ञ…