Skip to main content

Purbi Garjan

मेचीनगर :अपाङ्गता लक्षित स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शारीरिक अशक्त एवम् अपांगता भएको मानिसहरुका लागि नगरपालिकाले बिशेष कार्यक्रम मार्फत सेवा प्रदान गर्ने बताएका छन् ।

मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले अपाङ्गताको क्षेत्रमा पहिलो चरणको कार्यक्रम अन्तर्गत मेचीनगरले सञ्चालन गरेको अपाङ्गता लक्षित स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बनेको बताए ।

राज्यले प्रदान गर्ने सेवा सुविधा र आफ्नो हक अधिकार के भन्ने समेत धेरै अपाङ्गता भएका मानिसहरुलाई थाहा नभएको अवस्थामा यस शिविरले उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी गराउनुका साथै अपाङ्गता पहिचान गर्न सहयोग पुर्याएको उनको भनाइ छ । यसले अब अपाङ्गता भएका मानिस होस वा उनीहरुको परिवार सबैलाई राज्यले प्रदान गर्ने सेवा लिन मद्दत पुगेको बताए ।

अपठेरो जीवन विताइरहेकाहरुसँग सहकार्य गर्ने मौका मिलेको छ’, प्रमुख बुढाथोकीले–‘गरिवी, अभाव र समाजमा अपहेलित भएर बसेकाहरुलाई घृणा होइन, माया गर्नुपर्छ । अहिले राज्यले पनि उहाँहरुलाई खोज्न थालेको छ ।

कार्यक्रमको अध्यक्षता गरेकी उपप्रमुख मीना पोखरेल उप्रेतीले यस्तो शिविर सञ्चालन गर्न चानचुने कुरा नभएको बताइन् । उनका अनुसार अभियान सफल भएको छ । दुई कार्यकालको अनुभव बटुलीरहेकी उनले लगभग ८ वर्षमा भौतिक पूर्वाधारको विकासमा धन्दा पनि अहिले मानविय सेवामा काम गर्न पाउदा खुशीबोध भएको बताइन् ।

नगरपालिकाले अब चाँडै कार्यविधि संशोधन गरेर चिल्लो बाटो बनाउनु भन्दा यस्ता मानविय सेवाको काममा बजेट राख्ने दावी गरिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सरकारले जनताको घरघरमा गएर यस्तो सेवा दिँदा सबैको सहयोग रहेकोले अभियान सफल भइरहेको बताए । उनले हाल शिविर मात्र सम्पन्न भएकोमा अब क्रमशः अन्य कार्यक्रमहरु पनि अघि बढ्ने जानकारी गराए ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबीच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ । जारी अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ ।

पुस १ गतेदेखि वडा नम्बर १ देखि सुरु उक्त शिविर १५ गते वडा नम्बर १५ मा गरेर सम्पन्न भएको थियो । शिविरमा सहभागी नहुने छुटेकालाई मंगलबार नगरपालिकामा सेवा दिइएको थियो ।

आजसम्मको शिविरबाट एक हजार ६६७ जना अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिएका छन् । मेचीनगर–१ देखि १५ नम्बर वडाका एक हजार ६२४ जनाले र आज नगरपालिकामा ४३ जनाले उक्त सेवा लिएका थिए ।

स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रममा एक हजार ४२५ जना अपाङ्गता भएका व्यक्ति सहभागी थिए । जसमा बालबालिका २३४, वयस्क ११९१, पुरुष ८३४, महिला ५९१ जना रहेका थिए ।

शिविरमा ८०१ जनालाई परिचय पत्र वितरण गरिएको थियो । जसमा ६७९ वटा नयाँ परिचय पत्र र १२२ वटा परिचय पत्र नविकरण गरिएको थियो ।

शिविरमा वितरण गरिएको १२७३ वटा कार्डमध्ये ३२५ जनालाई रातो कार्ड, ४७२ जनालाई निलो कार्ड, ४०८ जनालाई पहेँलो कार्ड र ६८ जनालाई सेतो कार्ड वितरण गरिएको थियो ।

कार्यक्रममा मेचीनगर–२ का वडाध्यक्ष दीपक बराल लगायतले अभियान सफल भएको बताएका छन् । कार्यक्रम सफल पार्न खटिएका विशेषज्ञ डाक्टरसहितको ५६ जना कर्मचारीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

नगरपालिकाकी महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन साझेदारी संस्था करूणा फाउन्डेसन नेपालका मेचीनगर संयोजक पदम बराईलीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक सं...
जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
ne_NPNepali