Skip to main content

Purbi Garjan

हाम्रो नेपाल साकोसको इकाइगत साधारणसभा मंगलबारबाट सुरु

मेचीनगर । हाम्रो नेपाल साकोसको इकाइगत साधारणसभा मंगलबारबाट सुरु भएको छ । मेचीनगर स्थित चारआलीमा आयोजित पहिलो इकाइगत साधारण सभामा मेचीनगरका चारवटा शाखा, चारआली, धुलाबारी, इटाभट्टा, काँकरभिट्टा तथा बुधबार र हर्कटे क्षेत्रका साखाका सदस्यहरुको सहभागिता रहेको थियो ।

साधारण सभाको उद्घाटन गर्दै सहकारी संस्थाका अध्यक्ष भवानी दंगालले सदस्यहरुलाई बढी भन्दा बढी रकम लगानी गरेको सहकारीले सदस्यहरुलाई ठग्छ र भाग्छ भन्ने आशंका मनबाट सँधैको लागि हटाउन आग्रह गरे । “सदस्यबाट संकलन गरेको भन्दा बढी रकम सदस्यलाई नै लगानी गरेको संस्था नत बन्द हुनसक्छ नत सञ्चालक भाग्न सक्छ,” उनले भने, “हामी त्यो उचाइमा छौं, सदस्यहरुलाई हाम्रो लगानी संकलित रकम भन्दा ५५ करोड भन्दा बढी छ ।” कोभिड पछि केही सहकारीमा समस्या आएको बताउँदै अध्यक्ष दंगालले सदस्यहरुलाई आस्वस्थ पार्दै भने हाम्रो नेपाल साकोस मजबुत छ, कुनै समस्या छैन, ढुक्क भएर कारोबार गर्नु होस ।”

उनले सहकारीले सञ्चालन गरेका बिभिन्न खाता र त्यसबाट प्राप्त हुने सेवा सुविधाका बारेमा समेत प्रकाश पारेका थिए । अध्यक्ष दंगालले एउटै सहकारीमा कारोबार गर्न समेत आग्रह गरे ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष दंगालले पछिल्लो समय सहकारीले आफ्नो क्षेत्र विस्तारलाई बढाउँदै लगेको बताए । झापा , इलाम र मोरङ्मा साखा विस्तार गरेको सहकारीले २२ वटा पालिकामा ३१ वटा सेवा केन्द्र सञ्चालन रहेको तथा ३७ हजार ९६७ जना सेयर सदस्य, सेयर पुँजी १८ करोड ४० लाख ३० हजार १०० तथा निक्षेप १ अर्व ३५ करोड ९३ लाख रहेको तथा जोखिम कोष समेत करिव ५ करोडको रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख ।

सहकारी संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन ब्यवस्थापक सरोज दाहालले गरेका थिए । आज दोस्रो दिन गेउरिया, गौरिगञ्ज, गौरादहमा इकाईगत साधारसभा हुने उपाध्यक्ष गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali