मेचीनगर । हाम्रो नेपाल साकोसको इकाइगत साधारणसभा मंगलबारबाट सुरु भएको छ । मेचीनगर स्थित चारआलीमा आयोजित पहिलो इकाइगत साधारण सभामा मेचीनगरका चारवटा शाखा, चारआली, धुलाबारी, इटाभट्टा, काँकरभिट्टा तथा बुधबार र हर्कटे क्षेत्रका साखाका सदस्यहरुको सहभागिता रहेको थियो । साधारण सभाको उद्घाटन गर्दै सहकारी संस्थाका अध्यक्ष भवानी दंगालले सदस्यहरुलाई बढी भन्दा बढी रकम लगानी गरेको सहकारीले सदस्यहरुलाई ठग्छ र भाग्छ भन्ने आशंका मनबाट सँधैको लागि हटाउन आग्रह गरे । “सदस्यबाट संकलन गरेको भन्दा बढी रकम सदस्यलाई नै लगानी गरेको संस्था नत बन्द हुनसक्छ नत सञ्चालक भाग्न सक्छ,” उनले भने, “हामी त्यो उचाइमा छौं, सदस्यहरुलाई हाम्रो लगानी संकलित रकम भन्दा ५५ करोड भन्दा…