Skip to main content

Purbi Garjan

चुनाव संघर्ष मोर्चाकै एक विकल्प -सुमनसिंह

प्रविण अधिकारी 

धरान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सुमनसिंहले देश र जनताको भविष्य निर्माण गर्ने अबको एकमात्र विकल्प नेपाल कम्युनिस्ट पार्टी भएको र चुनावी मोर्चा संघर्षको एक विकल्प भएको  बताएका छन्।

आज सुनसरीको धरानमा आयोजित राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा नेता सिंहले पछिल्लो विश्व राजनीतिक घटनाक्रम र नेपालको पछिल्लो परिस्थिति बारे विश्लेषण गर्दै नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको नेपाली विशेषताको समाजवाद नै अबको देश र जनताको सुनौलो भविष्यको आधार रहेको बताएका हुन्।

आजको समाजले नयाँ नयाँ कुरा चाहेको र पुराना राजनीतिक दलप्रति वितृष्णा बढेका बेला विभिन्न शक्ति राष्ट्रहरुले नयाँ नयाँ पात्र खडा गरेर जनतालाई भ्रमित पारेको उनले बताएका छन्। नेकपाले चुनावी मोर्चालाई संघर्ष कै मोर्चाको रुपमा लिएको र त्यसले दलालहरु अतालिएको समेत उनले बताएका छन्। आज धरानमा पार्टीका महासचिव विप्लव सी ले किरात – लिम्बुवान प्रदेश अन्तर्गत रहेका पार्टीको नेताकार्यकर्तालाई प्रशिक्षण दिने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali