Purbi Garjan

Day: २०८१ पुष २२, सोमबार

आफ्नो गल्ती र असफलता ढाकछोप गर्न संविधान संसोधनको नाटक गरियो – विप्लव

आफ्नो गल्ती र असफलता ढाकछोप गर्न संविधान संसोधनको नाटक गरियो – विप्लव

प्रविण अधिकारी सुनसरी । नेकपाका महासचिव विप्लव सी ले अहिले सत्तामा रहेका काङ्ग्रेस र एमालेले आफ्ना गल्ती र असफलताको ढाकछोप गर्न संविधान संसोधनको नाटक मञ्चन गरिएको उल्लेख गरेका छन्। आज सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संसदीय पार्टीहरुले देश र जनताको हितमा काम गर्दा कानुनले बाधा पुर्‍याए संशोधन गर्न आवश्यक भएपनि आफ्नो अपराध र गल्तीको ढाकछोप गर्न गरिने संसोधन अपराध सरह भएको उल्लेख गरेका हुन्। पछिल्लो समय नेपाली काङ्ग्रेस , एमाले र माओवादी पुजीवादीहरुको पार्टी बनेको र उनिहरु चरम अपराधिक गतिविधिमा संलग्न हुँदै गएकाले आफ्ना असफलता र अपराधको ढाकछोप गर्न संविधान संसोधन गर्न लागिपरेका…
Read More
अमेरिका सेना लिएर नेपाल आउन चाहन्छ -विप्लव

अमेरिका सेना लिएर नेपाल आउन चाहन्छ -विप्लव

प्रविण अधिकारी  सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले अमेरिका आफ्नो सेना लिएर नेपाल आउन चाहेको बताएका छन्। पार्टी ध्रुवीकरण तथा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले अमेरिकाले नेपालमा आफ्ना सेना उतारेर चिन घेर्ने, कम्युनिस्टहरुलाई सक्ने र दलालहरु खडा गरेर नेपालका प्राकृतिक स्रोत साधन कब्जा गर्ने नितिका साथ अगाडि बढिरहेको बताएका हुन्। अमेरिकाले पछिल्लो समय नेकपाबाट असुरक्षित महसुस गर्दै राष्ट्रघाती एमसिसी परियोजना जबर्जस्त लाद्न दलाल राष्ट्रघातिहरु देखि गुन्डागर्दी सम्म प्रयोग गरिरहेको उनले बताए। एमसिसी राष्ट्रघाती परियोजना रहेको र नेकपाले यसको विरुद्ध जस्तोसुकै संघर्ष गर्न तयार रहेको समेत विप्लवले उद्घोष गरेका छन् । विप्लवले सबैलाई यस विषयमा सचेत…
Read More
विश्वका हरेक तह र तप्कामा माओवादी पुगेको छ – विप्लव

विश्वका हरेक तह र तप्कामा माओवादी पुगेको छ – विप्लव

प्रविण अधिकारी  सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले अहिले हरेक तह र तप्कामा माओवादी रहेको बताएका छन्। आज सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले आज विश्वभर माओवादी पुगेको बताएका हुन्। माओवादी जनयुद्ध लड्दै आएका माओवादीहरु अहिले नेपालका हरेक पार्टीमा रहेको र देशबाहिर समेत विभिन्न देशहरुमा माओवादी पुगेको उल्लेख गरेका हुन्। महासचिव विप्लवले जनयुद्ध लडेका लडाकु कमान्डर हरु अहिले रुस युक्रेन युद्धमा समेत नेतृत्व गरिरहेको बताउँदै अब फेरि सबै माओवादीहरु एकै ठाउँमा उभ्भिने बेला आएको बताएका छन्। उनले आज विभिन्न पार्टीमा पुगेका पुराना माओवादी नेताकार्यकर्तालाई स्वागत गर्दै अब देशको नेतृत्व नेकपाले…
Read More
चुनाव संघर्ष मोर्चाकै एक विकल्प -सुमनसिंह

चुनाव संघर्ष मोर्चाकै एक विकल्प -सुमनसिंह

प्रविण अधिकारी  धरान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सुमनसिंहले देश र जनताको भविष्य निर्माण गर्ने अबको एकमात्र विकल्प नेपाल कम्युनिस्ट पार्टी भएको र चुनावी मोर्चा संघर्षको एक विकल्प भएको  बताएका छन्। आज सुनसरीको धरानमा आयोजित राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा नेता सिंहले पछिल्लो विश्व राजनीतिक घटनाक्रम र नेपालको पछिल्लो परिस्थिति बारे विश्लेषण गर्दै नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको नेपाली विशेषताको समाजवाद नै अबको देश र जनताको सुनौलो भविष्यको आधार रहेको बताएका हुन्। आजको समाजले नयाँ नयाँ कुरा चाहेको र पुराना राजनीतिक दलप्रति वितृष्णा बढेका बेला विभिन्न शक्ति राष्ट्रहरुले नयाँ नयाँ पात्र…
Read More
पुर्वमा विप्लव: एमाले, समाजवादी र माओवादीका नेताहरु नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्दै

पुर्वमा विप्लव: एमाले, समाजवादी र माओवादीका नेताहरु नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्दै

प्रविण अधिकारी धरान। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी यतिबेला पुर्वको धरान आइपुगेका छन्। महासचिव विप्लवले आज धरानमा नेकपा एमाले, नेकपा एस र माओवादी केन्द्रका अधिकांश प्रदेश तथा जिल्ला तहका नेताहरूलाई पार्टीमा ध्रुवीकरण गराउने छन्। प्राप्त जानकारी अनुसार माओवादी नेता खेम प्रधान (बलिदान), नेकपा (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य कृपाल सुवेदी, नेकपा एसका केन्द्रीय सदस्यहरु किरण ओझा, राधा कृष्ण आचार्य, एमाले जिल्ला सदस्य रिता पासवान, जनमत पार्टीको केन्द्रीय सदस्य मन्जु सरदार लगायत छन्। त्यस्तै नेकपा प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका प्रदेश सदस्य हरी श्रेष्ठ, माओवादीबाटै पप्पू खान, पर्शुराम राई, धन बहादुर थापा , उषा श्रेष्ठ, गंगा गिरी, हरी बस्नेत लगायतका नेताकार्यकर्ता…
Read More