Skip to main content

Purbi Garjan

बाहुणडाँगी जेसिज : रक्तदान गर्दै वर्ष २०२५ को सुरुवात

मेचीनगर। सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आइरहेको बाहुणडाँगी जेसिजले वर्ष २०२५ को पहिलो कार्यक्रम रक्तदान कार्यक्रमबाट सुरुवात गरेको छ।

मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै बुधबार बाहुणडाँगीमा रक्तदान कार्यक्रम सम्पन्न भएको वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाइँले जानकारी दिए।

जेसिज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी रोशन गिरीको संयोजनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा जेसीजको बर्ष २०२५ को सिङ्गो बोर्ड , पुर्व अध्यक्षहरु, समाजसेवी, बुद्धिजीवी व्यक्तिहरु, नेपाल प्रहरी र जेसीज सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा ५ जना महिला सहित २५ जनाले रक्तदान गरेको संयोजक रोशन गिरीले बताए । कार्यक्रमका अध्यक्ष साथै बाहुण्डाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका छन् । अध्यक्ष चम्लागाइँले आगामी दिनहरुमा पनि सबैसँग हातेमालो गर्दै बाहुणडाँगी जेसिजले सामाजिक कार्यहरुमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali