Skip to main content

Purbi Garjan

पाँचौ संस्करणको मेचीनगर गोल्डकप फागुन २१ गतेदेखि हुँदै

मेचीनगर। विभिन्न कारणले लामो समयदेखि स्थगन रहेको पाँचौ संस्करणको मेचीनगर गोल्डकप आगामी फागुन महिनामा हुने भएको छ। झापाको मेचीनगर -६ स्थित काकडभिट्टा माविको खेलमैदानमा पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो ।

काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजना तथा मेचीनगर नगरपालिकाको संरक्षणमा फागुन २१ गते  बुधबारदेखि २८ गतेसम्म गोल्डकप सञ्चालन हुने आयोजकले जनाएको छ।

आज शनिबार काकडभिट्टा स्थित खानेपानीको सभाहलमा एक कार्यक्रमका बिच आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो । उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि ७८ लाख ५८ हजार १०० रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ।

प्रतियोगितामा काठमाडौंको ए डिभिजनका ४ वटा क्लब सहित आयोजक काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, मोफसलका ए डिभिजन क्लब र विदेशी २ टिम गरि जम्मा ८ टिमको सहभागिता रहने छ।

प्रतियोगिताको बिजेता टिमले नगद रु १० लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विविध विधाका उत्कृष्ट पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali