Skip to main content

Purbi Garjan

“थेसिस स्पोर्ट कल्चर कार्निभल” कार्यक्रम: पत्रकार, शिक्षक र विद्यार्थी समेत सम्मानित

मेचीनगर । झापाको मेचीनगर -३ मा अवस्थित थेसिस अंग्रेजी माध्यमिक विद्यालयले पत्रकार, विद्यार्थी,शिक्षक र अभिभावकलाई समेत सम्मान गर्दै  “थेसिस स्पोर्ट कल्चर कार्निभल” कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न खेलकुद तथा कला प्रस्तुत गर्दै थेसिस स्पोर्ट कल्चर कार्यक्रम सम्पन्न भएको हो । यसअघि फागुन ३ गते अन्तर विद्यालय छात्रा फुटबल च्याम्पियन प्रतियोगिता सम्पन्न गरेको थेसिसले लगत्तै अर्को कार्यक्रम सम्पन्न गरेको हो ।

स्पोर्ट कल्चर कार्यक्रम अन्तर्गत म्याथ रेस, विज्ञान रिले रेस, ईङलिस पजल रेस र सामाजिक चुनौती रेस सम्पन्न भएको हो । त्यस्तै  खेल क्षेत्र अन्तर्गत छात्रा फुटबल च्याम्पियन, छात्रा भलिबल, जुनियर म्याराथुन, हाईजम्प र लङजम्प आयोजना गरिएको थियो । 
संगीततर्फ गिटार, ड्रम, पियानो, हार्मोनियमसहित विद्यार्थीहरुबाट म्युजिक व्याण्डको लाईभ प्रस्तुति गरिएको थियो भने नृत्य तर्फ किरात याख्या लोपोन्मुख डोको नृत्य, फ्युजन नृत्य, शिक्षक – विद्यार्थी नृत्य लगायतका प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । विभिन्न धार्मिक तथा सांस्कृतिक सहिष्णुता झल्काउने प्रस्तुति सहित नर्सरीदेखी कक्षा १० सम्मका सबै विद्यार्थीहरू उत्साहित रूपमा कार्यक्रममा सहभागी भएका थिए ।


विद्यालयले कार्यक्रममार्फत विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । नर्सरी देखी कक्षा १० सम्म पुरा गर्दै गर्दा बहु प्रतिभा र सिप विकास गर्न सफल विद्यार्थीहरूलाई ‘प्रिन्सिपल अवार्ड सर्टिफिकेट अफ एचिभमेन्ट’ ले सम्मान गरिएको थियो । स्कुल क्याप्टेन काउन्सिलर कक्षा १० की छात्रा सिजल कार्की सहित कक्षा १० कै स्कुल क्याप्टेन सिसन शंकर, कक्षा १० कै सृजन मेचे , कक्षा १० कै अनुस्का वानियाँ, बर्ष उत्कृष्ट खेलाडी  कक्षा ९ की छात्रा सुधा राई, ईमान्दार अनुशासित र सहयोगी नृत्य, कोच, चित्रकला र भलिवल खेलाडी समेत रहेकी कक्षा १० की छात्रा अर्पना कुलुङ राई र व्ल्याक वेल्ट कक्षा ९ की छात्रा यमिमा राई सम्मानित भएका थिए ।


त्यस्तै विज्ञान शिक्षक किरण लिम्बू र कुमारी बस्नेत (गंगा) लाई कार्य सम्पादन मुल्यांकनको आधारमा  ‘वेस्ट इम्प्लोई अफ द ईयर’ ले सम्मानित गरिएको थियोे भने अभिभावकद्वय रेखा सिलवाल कार्की र मन कुमारी राई लाई उत्कृष्ट अभिभावकको रूपमा कदर पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै “थेसिस सोसियल स्टेक होल्डर भिउ अवार्ड” कराँतेका  गुरू आकाश तामाङ्ग र सम्झना सारू मगरलाई प्रधान गरिएको थियोे । थेसिस स्कुलमा लामो समय सम्म जोडिएर स्कुलको गतिविधिलाई अभिभावक र समुदाय माझ शैक्षिक समाचार सम्प्रेषण गरी समाजको नजरमा गरिमामय बनाउन भूमिका खेलेका खबर मञ्च साप्ताहिक तथा अनलाईनका सम्पादक प्रकाश पौडेललाई ‘थेसिस पत्रकारिता पुरस्कार” द्वारा सम्मान गरिएको थियो ।


विद्यालयले संगीतका विभिन्न विधामा विद्यार्थीहरूलाई सिप विकास गराउँदै गर्दा लामो समय सम्म संगीत प्रशिक्षण गर्ने ए डि म्युजीक एकाडेमी काकरभिट्टाका प्रबन्ध निर्देशक गायक एवं संगीतकार अर्जुन दाहाललाई समेत ‘थेसिस कलाकर्मी अवार्ड’को कदर पत्र द्वारा सम्मान गरिएको थियो । साथमा शैक्षिक वर्ष २०८१ मा छात्रा भलिबल तर्फ नगर च्याम्पियन र रनर अप हुन सफल खेलाडी तथा कोच एक्सिस रूचाललाई सम्मान गरिएको थियोे । छात्रा फुटबल तर्फ च्याम्पियन बन्न सफल छात्रा खेलाडीहरू सहित विभिन्न विधाका खेलाडीहरूलाई जर्सी सेट र पदकहरू दिएर पुरस्कृत गरिएको थियो ।


बिद्यालयका पि.टि.ए. अध्यक्ष इन्द्र दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कम्पनि अध्यक्ष विनिता बराईली रूचालले राखेकी थिइन् भने कर्यक्रमबारे जानकारी गराउँदै विद्यालयको प्रगति विवरण  प्रिन्सिपल डम्बर रूचालले प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भन्सार छलीका सामानसहित जोरसिमल नजिकैबाट अटो नियन्त्रणमा, साढे ७ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

भन्सार छलीका सामानसहित जोरसिमल नजिकैबाट अटो नियन्त्रणमा, साढे ७ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–८ जोरसिमल नजिकै मेचेबस्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित एउटा अटो...
दमकमा दम्पतीबीच झै–झगडा, खुकुरी प्रहारपछि दुबैको मृत्यु 

दमकमा दम्पतीबीच झै–झगडा, खुकुरी प्रहारपछि दुबैको मृत्यु 

झापा। झापाको दमक नगरपालिकामा दम्पतीबीच भएको घरेलु विवादले दुःखद मोड लिँदा श्रीमान–श्रीमती दुवैको ज्यान गएको छ। जिल्ला प्रहरी का...
साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक सं...
जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
ne_NPNepali