मेचीनगर । झापाको मेचीनगर -३ मा अवस्थित थेसिस अंग्रेजी माध्यमिक विद्यालयले पत्रकार, विद्यार्थी,शिक्षक र अभिभावकलाई समेत सम्मान गर्दै "थेसिस स्पोर्ट कल्चर कार्निभल" कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न खेलकुद तथा कला प्रस्तुत गर्दै थेसिस स्पोर्ट कल्चर कार्यक्रम सम्पन्न भएको हो । यसअघि फागुन ३ गते अन्तर विद्यालय छात्रा फुटबल च्याम्पियन प्रतियोगिता सम्पन्न गरेको थेसिसले लगत्तै अर्को कार्यक्रम सम्पन्न गरेको हो । स्पोर्ट कल्चर कार्यक्रम अन्तर्गत म्याथ रेस, विज्ञान रिले रेस, ईङलिस पजल रेस र सामाजिक चुनौती रेस सम्पन्न भएको हो । त्यस्तै खेल क्षेत्र अन्तर्गत छात्रा फुटबल च्याम्पियन, छात्रा भलिबल, जुनियर म्याराथुन, हाईजम्प र लङजम्प आयोजना गरिएको थियो । संगीततर्फ…
मेचीनगर। मेचीनगरमा पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप चार हजार ८८६ जना किशोरीले लगाएका छन् । मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले राष्ट्रिय खोप अभियान अन्तरगत नगरका १५ वटै वडाका चार हजार ८८६ जना किशोरीहरूलाई खोप लगाइएको जानकारी दिइन् । उनका अनुसार मेचीनगर–१ नम्बर वडामा १३३जना, २ मा २८१ जना, ३ मा १९७ जना, ४ मा २०१ जना, ५ मा १२७ जना, ६ मा ६४१ जना, ७ मा २०५ जना, ८ मा ४१८ जनाले खोप लगाएका छन् । त्यस्तै वडा नम्बर ९ मा ३९६ जना, १० मा १००९ जना, ११ मा १०३ जना, १२ मा ४४३…
भद्रपुर। झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको बदला लिएको छ । झापाका लागि खेलको २९ औँ मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ…