Skip to main content

Purbi Garjan

मेचीनगरमा ४ हजार ८ सय ८६ किशोरीले लगाए ‘एचपिभी’ खोप

मेचीनगर। मेचीनगरमा पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप चार हजार ८८६ जना किशोरीले लगाएका छन् ।

मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले राष्ट्रिय खोप अभियान अन्तरगत नगरका १५ वटै वडाका चार हजार ८८६ जना किशोरीहरूलाई खोप लगाइएको जानकारी दिइन् ।

उनका अनुसार मेचीनगर–१ नम्बर वडामा १३३जना, २ मा २८१ जना, ३ मा १९७ जना, ४ मा २०१ जना, ५ मा १२७ जना, ६ मा ६४१ जना, ७ मा २०५ जना, ८ मा ४१८ जनाले खोप लगाएका छन् ।

त्यस्तै वडा नम्बर ९ मा ३९६ जना, १० मा १००९ जना, ११ मा १०३ जना, १२ मा ४४३ जना, १३ मा ३२९ जना, १४ मा २२६ जना र १५ नम्बरमा १७७ जना किशोरीहरूले एचपिभी खोप लगाएको उनले बताइन् ।
खोप लगाएका मध्ये कक्षा–६ का १२७० जना छात्राहरू, कक्षा–७ देखि १० कक्षा सम्मका ४७५६ जना छात्राहरू रहेका छन् ।

यस्तै विद्यालय नजाने १० वर्ष उमेर समूहका ७ जना र विद्यालय नजाने ११ देखि १४ वर्ष समूहका १३० जना किशोरीहरूलाई उक्त खोप दिइएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताइन् ।
मेचीनगरमा १०२ प्रतिशतले खोप लगाएको उनको भनाई छ । विद्यालय जाने र नजाने १० वर्षकादेखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपिभी खाप लगाइएको थियो ।

खोप अभियान यहि माघ २२ गतेदेखि २८ गतेसम्म विभिन्न विद्यालय र छुटकाहरूलाई वडाको स्वास्थ्य केन्द्रबाट सञ्चालन गरिएको थियो ।
सामुदायिक तथा नीजि विद्यालय र विद्यालय बाहिरका गरी जम्मा पाँच हजार ७४७ जना छात्रालाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको थियो ।

खोप अभियान सञ्चालनका लागि नगरभित्र १७२ वटा खोप केन्द्र निर्धारण गरिएको थियो । जसका लागि एक सय स्वास्थ्यकर्मी र १९४ जना स्वयंमसेवकसहित २९४ जना जनशक्ति परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali