Skip to main content

Purbi Garjan

मेचीनगरमा ४ हजार ८ सय ८६ किशोरीले लगाए ‘एचपिभी’ खोप

मेचीनगर। मेचीनगरमा पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप चार हजार ८८६ जना किशोरीले लगाएका छन् ।

मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले राष्ट्रिय खोप अभियान अन्तरगत नगरका १५ वटै वडाका चार हजार ८८६ जना किशोरीहरूलाई खोप लगाइएको जानकारी दिइन् ।

उनका अनुसार मेचीनगर–१ नम्बर वडामा १३३जना, २ मा २८१ जना, ३ मा १९७ जना, ४ मा २०१ जना, ५ मा १२७ जना, ६ मा ६४१ जना, ७ मा २०५ जना, ८ मा ४१८ जनाले खोप लगाएका छन् ।

त्यस्तै वडा नम्बर ९ मा ३९६ जना, १० मा १००९ जना, ११ मा १०३ जना, १२ मा ४४३ जना, १३ मा ३२९ जना, १४ मा २२६ जना र १५ नम्बरमा १७७ जना किशोरीहरूले एचपिभी खोप लगाएको उनले बताइन् ।
खोप लगाएका मध्ये कक्षा–६ का १२७० जना छात्राहरू, कक्षा–७ देखि १० कक्षा सम्मका ४७५६ जना छात्राहरू रहेका छन् ।

यस्तै विद्यालय नजाने १० वर्ष उमेर समूहका ७ जना र विद्यालय नजाने ११ देखि १४ वर्ष समूहका १३० जना किशोरीहरूलाई उक्त खोप दिइएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताइन् ।
मेचीनगरमा १०२ प्रतिशतले खोप लगाएको उनको भनाई छ । विद्यालय जाने र नजाने १० वर्षकादेखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपिभी खाप लगाइएको थियो ।

खोप अभियान यहि माघ २२ गतेदेखि २८ गतेसम्म विभिन्न विद्यालय र छुटकाहरूलाई वडाको स्वास्थ्य केन्द्रबाट सञ्चालन गरिएको थियो ।
सामुदायिक तथा नीजि विद्यालय र विद्यालय बाहिरका गरी जम्मा पाँच हजार ७४७ जना छात्रालाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको थियो ।

खोप अभियान सञ्चालनका लागि नगरभित्र १७२ वटा खोप केन्द्र निर्धारण गरिएको थियो । जसका लागि एक सय स्वास्थ्यकर्मी र १९४ जना स्वयंमसेवकसहित २९४ जना जनशक्ति परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali