Skip to main content

Purbi Garjan

नकलबन्दा नकआउट फुटबल : तुर्केनीको सानदार जित

नकलबन्दा । नकलबन्दामा जारी नगरस्तरीय नकआउट फुटबल प्रतियोगितामा तुर्केनी फुटबल क्लब विजयी भएको छ । लक्ष्मीधाप फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै तुर्केनी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको शुरुवातदेखि नै दवावमा राखेको तुर्केनी फुटबल क्लबका लागि असिम कार्कीले २ गोल गरे भने रोशन धिमाल, अभिषेक गुरुङ, रमेश कार्की र अर्जुन तामाङले १–१ गोल गरेका थिए । तुर्केनीका लागि असिम कार्कीले खेलको छैटौँ तथा ४० औँ मिनेटमा गोल गरेका थिए । त्यसैगरी, रोशन धिमालले खेलको ८ औँ, अभिषेक गुरुङले ५२ औँ, रमेश कार्कीले ५४ औँ र अर्जुन तामाङले ५८ औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच तुर्केनी फुटबल क्लबका असिम कार्की घोषित भए । उनले नगद १ हजारसहित ट्रफी प्राप्त गरे ।

शनिबार नकलबन्दा स्पोर्टिङ क्लब र यलम्बर फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । नकलबन्दा स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिता मेची आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ । फुटबल प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रथम पुरस्कार स्वर्गीय कार्गिल विजयवीर सहिद सुरेश क्षेत्रीको परिवारबाट प्राप्त भएको छ भने दोश्रो पुरस्कार स्व. टंक बहादुर देवकोटाको स्मृतिमा देवकोटा परिवारबाट प्राप्त भएको छ । प्रतियोगिताको प्रायोजकमा नकलबन्दा बचत तथा ऋण सहकारी संस्था लि. रहेको छ भने सहयोगी संस्थाहरुमा गंगा मेमोरियल इङ्लिस स्कुल र मेची आधारभूत विद्यालय रहेका छन् ।

प्रतियोगिता अन्तर्गत विभिन्न विधामा समेत खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १ हजार, उत्कृष्ट गोलकिपरलाई ३ हजार १ सय, प्लेयर अफ द टुनामेन्टलाई २ हजार १ सय र सर्वाधिक गोलकर्तालाई २ हजार १ सयसँगै मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali