Purbi Garjan

दिन: २०८१ फाल्गुन ९, शुक्रबार

प्रचण्ड राजनेता हो: उप-महासचिव पुन

प्रचण्ड राजनेता हो: उप-महासचिव पुन

बिर्तामोड । नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेता भएको बताएका छन् । शुक्रबार झापाको बिर्तामोडमा गौरीशंकर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको खड्काको १४ औँ स्मृति दिवसमा उनले अब समाजवादी क्रान्तिको नेतृत्व पनि प्रचण्डले नै गर्नुपर्ने बताएका हुन् । ‘माओवादी आन्दोलन पनि समाजवादी क्रान्तितिर जानैपर्छ । तर, सँधैँ प्रचण्डको हाइटको नेता नहुन सक्छन् । मैले प्रचण्डसँग २८ वर्ष केन्द्रीय कमिटीमा सँगै काम गरेको छु । जनयुद्धको थालनी गर्दाको कमान्डर म हुँ । शान्तिप्रक्रियापछिको १८ वर्ष पनि मसँगै छु । गल्ती कमजोरी छ भने त्यसको हिस्सेदार प्रचण्ड मात्र हैन हामी पनि हो । सबै जस…
Read More
पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर। आयोजकको टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ७२ औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे । खेलको ७४ औँ मिनेटमा भद्रपुरले पेनाल्टीमा एक गोल थप्दै खेल…
Read More
नकलबन्दा नकआउट फुटबल : तुर्केनीको सानदार जित

नकलबन्दा नकआउट फुटबल : तुर्केनीको सानदार जित

नकलबन्दा । नकलबन्दामा जारी नगरस्तरीय नकआउट फुटबल प्रतियोगितामा तुर्केनी फुटबल क्लब विजयी भएको छ । लक्ष्मीधाप फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै तुर्केनी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो । खेलको शुरुवातदेखि नै दवावमा राखेको तुर्केनी फुटबल क्लबका लागि असिम कार्कीले २ गोल गरे भने रोशन धिमाल, अभिषेक गुरुङ, रमेश कार्की र अर्जुन तामाङले १–१ गोल गरेका थिए । तुर्केनीका लागि असिम कार्कीले खेलको छैटौँ तथा ४० औँ मिनेटमा गोल गरेका थिए । त्यसैगरी, रोशन धिमालले खेलको ८ औँ, अभिषेक गुरुङले ५२ औँ, रमेश कार्कीले ५४ औँ र अर्जुन तामाङले ५८ औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान…
Read More
ne_NPNepali