Skip to main content

Purbi Garjan

प्रचण्ड राजनेता हो: उप-महासचिव पुन

बिर्तामोड । नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेता भएको बताएका छन् ।

शुक्रबार झापाको बिर्तामोडमा गौरीशंकर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको खड्काको १४ औँ स्मृति दिवसमा उनले अब समाजवादी क्रान्तिको नेतृत्व पनि प्रचण्डले नै गर्नुपर्ने बताएका हुन् । ‘माओवादी आन्दोलन पनि समाजवादी क्रान्तितिर जानैपर्छ । तर, सँधैँ प्रचण्डको हाइटको नेता नहुन सक्छन् ।

मैले प्रचण्डसँग २८ वर्ष केन्द्रीय कमिटीमा सँगै काम गरेको छु । जनयुद्धको थालनी गर्दाको कमान्डर म हुँ । शान्तिप्रक्रियापछिको १८ वर्ष पनि मसँगै छु । गल्ती कमजोरी छ भने त्यसको हिस्सेदार प्रचण्ड मात्र हैन हामी पनि हो । सबै जस अपजसमा हामी छौँ । सबै अपजस प्रचण्डमा थुपारेर हुँदैन,’ उनले भने, ‘जसले इतिहास नै बदल छ । त्यसता नेता राजनेता हुन् । प्रचण्ड पनि राजनेता हुनुहुन्छ । अब समाजवादी क्रान्तिको नेतृत्व पनि उहाँले गर्नु हुन्छ ।’ उनले अब नेपाल नेपाली विशेषताको समाजवादमा जान जरुरी रहेको बताए ।

उप-महासचिव पुनले अब कांग्रेस र एमालेसँग चुनावमा गठबन्धन बनाएर अघि नबढ्ने बताए । ‘चुनावपछि सहकार्य नहुने हैन । तर, स्थानीय तहदेखिसंघसम्म एउटै पार्टी जसरी चुनाव लड्ने अब हुँदैन । समाजवादी मोर्चाका साथीसँग अलक विषय हो । तर, कांग्रेस र एमाले एउटै कित्तामा गए,’ उनले भने, ‘उनीहरु यथास्थितितिर गए । प्राप्त उपलब्धि खोस्नेतिर गए ।’

कार्यक्रममा बोल्दै पुनले गौरीशंकर खड्का युद्धकालका सहयात्री भएको बताए । आफू युद्धताका पूर्वीकमाण्डमा काम गर्दा यहाँको संस्कृति भूगोल चिनाउने व्यक्ति गौरीशंकर भएको बताए । उनले गौरीशंकर निडर, निष्ठावान, सादगी र इमान्दार नेता भएको तर्क गरे ।

स्मृति दिवसको अवसर पारेर पत्रकार चिरञ्जीवी घिमिरेलाई पनि सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा भूमिका खेलेको भन्दै युवा पत्रकार घिमिरेलाई नगद १५ हजार र सम्मान पत्रले सम्मान गरिएको हो । यस्तै, झापामा कार्यक्षेत्र बनाएर माओवादी जनयुद्ध र जनआन्दोलनका समयमा जेलजीवन बिताएका १७१ जनालाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष राजु चुडालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali