Skip to main content

Purbi Garjan

मेचीनगर गोल्डकप : आयोजक काकडभिट्टा सेमिफाइनल प्रवेश

मेचीनगर। काँकरभिट्टामा शनिवारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ । शनिवारबाट काँकभिट्टा खेलमैदानमा सुरु भएको प्रतियोगितामा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४– २ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।

खेलको २८ औँ मिनेटमा जर्जियन खेलाडी टिमका लागि पहिलो गोल गरे । जर्जियनका खेलाडी कुञ्जमान थापालाई काँकरभिट्टाका सञ्जय लिम्बुले फाउल गरेपछि पाएको फ्रिकिकलाई सत्यम शर्माले सानदार गोलमा परिणत गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा काँकरभिट्टाले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएको थियो ।

जर्जियनको डि-एरियामा काँकरभिट्टाका खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई काँकरभिट्टाका निशान लिम्बूले गोल गर्दै खेललाई लयमा फर्काएका थिए । खेलको पचासौँ मिनेटमा काँकरभिट्टाका लागि विदेशी खेलाडी इब्राहिमले गोल गर्दै टिमलाई थप अग्रता दिलाए । उनले कप्तान खमिरगिल्सन कन्दङ्वाको पासलाई सदुपयोग गर्दै हेडर मार्फत सुन्दर गोल गरेका थिए । पाहुना टोलीलाई दबाबमा राख्दै एकपछि अर्काे गोल गरेको काँकरभिट्टाले खेलको ६१ औँ मिनेटमा निशान लिम्बूले व्यक्तिगत दोस्रो र टिमका लागि तस्रो गोल गरेका थिए ।

खेलको ६५ औँ मिनेटमा काँकरभिट्टाका तर्फबाट विदेशी खेलाडी रोर्बटले गोल गरे । खेलको इन्जुरी समयमा जर्जियनका सत्यम शर्माले थप एक गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन ।
खेलको तेस्रो मिनेटमा काँकरभिट्टाका नेशन लिम्बुको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो ।

चौथो मिनेटमा विदेशी खेलाडी इब्राहिमको प्रहार गोलरक्षक सचिन सुव्बाले बिफल पारिदिए । खेलको ३० औँ मिनेटमा काँकरभिट्टाका इब्राहिमले गोल गर्ने सुन्दर मौका गुमाए । ३७ औँ मिनेटका काँकरभिटटाका निशान लिम्बको प्रहारले जाली चुम्न सकेन । ६७ मिनेटमा जर्जियनका नरेन्द्र राईको प्रहार काँकरभिट्टाका गोलरक्षक विश्वास चौधरीले बचाए ।

खेलको ६८ औँ मिनेटमा जर्जियन खेलाडी सत्यम शर्माको प्रहार बारमाथिबाट बाहिरियो । ७१ औँ मिनेटमा जर्जिनय खेलाडी देवासिस राईको प्रहारलाई काँकरभिट्टाका गोलरक्षक चौधरीले बिफल बनाए । ८३ औँ मिनेटमा जर्जियनका सत्यम शर्माको प्रहारले समेत गोलपोष्टको दिशा लिन नसक्दा निराश भएर घर फर्कनु परेको हो ।

उद्घाटन खेलको प्लेयर अफ द म्याच काँकरभिट्टाका निशान लिम्बू घोषित भए । उनले नगद ११ हजार र ट्रफी प्राप्त गरे । आइतबारको खेल ए डिभिजन च्याम्पियन चर्च व्वाइज र एनएसएल टिम झापा एफसी बिच प्रतिस्पर्धा हुने टे«निङ सेन्टरका अध्यक्ष नवराज ओलीले बताए ।

चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टिमले नगद १० लाख र ट्रफी तथा उपविजेता टिमले नगद ५ लाख र टफ्री प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको सर्वाेउत्कृष्ट खेलाडीले नगद ५१ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट कोच र उत्कृष्ट गोलरक्षकले नगद २१ हजार, उदयमान खेलाडीले ११ हजार प्राप्त गर्नेछन् ।

यस अघि उद्घाटन समारोह सम्पन्न भएको थियो । विभिन्न जातजातिको झाँकीसहित जार परिक्रमा गरेर खेल मैदानमा आएका अतिथि तथा दर्शकहरुका बिच नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य माननीय गोपाल तामाङले उद्घाटन गरेका थिए । फुटबल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्वमा सम्पन्न समारोहमा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना उप्रेतीलगायत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वको सहभागिता रहेको थियो ।

आयोजकका सहसंयोजक बिमल आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु कार्कीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक सं...
जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
ne_NPNepali