Skip to main content

Purbi Garjan

मेचीनगर गोल्डकप : आयोजक काकडभिट्टा सेमिफाइनल प्रवेश

मेचीनगर। काँकरभिट्टामा शनिवारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ । शनिवारबाट काँकभिट्टा खेलमैदानमा सुरु भएको प्रतियोगितामा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४– २ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।

खेलको २८ औँ मिनेटमा जर्जियन खेलाडी टिमका लागि पहिलो गोल गरे । जर्जियनका खेलाडी कुञ्जमान थापालाई काँकरभिट्टाका सञ्जय लिम्बुले फाउल गरेपछि पाएको फ्रिकिकलाई सत्यम शर्माले सानदार गोलमा परिणत गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा काँकरभिट्टाले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएको थियो ।

जर्जियनको डि-एरियामा काँकरभिट्टाका खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई काँकरभिट्टाका निशान लिम्बूले गोल गर्दै खेललाई लयमा फर्काएका थिए । खेलको पचासौँ मिनेटमा काँकरभिट्टाका लागि विदेशी खेलाडी इब्राहिमले गोल गर्दै टिमलाई थप अग्रता दिलाए । उनले कप्तान खमिरगिल्सन कन्दङ्वाको पासलाई सदुपयोग गर्दै हेडर मार्फत सुन्दर गोल गरेका थिए । पाहुना टोलीलाई दबाबमा राख्दै एकपछि अर्काे गोल गरेको काँकरभिट्टाले खेलको ६१ औँ मिनेटमा निशान लिम्बूले व्यक्तिगत दोस्रो र टिमका लागि तस्रो गोल गरेका थिए ।

खेलको ६५ औँ मिनेटमा काँकरभिट्टाका तर्फबाट विदेशी खेलाडी रोर्बटले गोल गरे । खेलको इन्जुरी समयमा जर्जियनका सत्यम शर्माले थप एक गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन ।
खेलको तेस्रो मिनेटमा काँकरभिट्टाका नेशन लिम्बुको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो ।

चौथो मिनेटमा विदेशी खेलाडी इब्राहिमको प्रहार गोलरक्षक सचिन सुव्बाले बिफल पारिदिए । खेलको ३० औँ मिनेटमा काँकरभिट्टाका इब्राहिमले गोल गर्ने सुन्दर मौका गुमाए । ३७ औँ मिनेटका काँकरभिटटाका निशान लिम्बको प्रहारले जाली चुम्न सकेन । ६७ मिनेटमा जर्जियनका नरेन्द्र राईको प्रहार काँकरभिट्टाका गोलरक्षक विश्वास चौधरीले बचाए ।

खेलको ६८ औँ मिनेटमा जर्जियन खेलाडी सत्यम शर्माको प्रहार बारमाथिबाट बाहिरियो । ७१ औँ मिनेटमा जर्जिनय खेलाडी देवासिस राईको प्रहारलाई काँकरभिट्टाका गोलरक्षक चौधरीले बिफल बनाए । ८३ औँ मिनेटमा जर्जियनका सत्यम शर्माको प्रहारले समेत गोलपोष्टको दिशा लिन नसक्दा निराश भएर घर फर्कनु परेको हो ।

उद्घाटन खेलको प्लेयर अफ द म्याच काँकरभिट्टाका निशान लिम्बू घोषित भए । उनले नगद ११ हजार र ट्रफी प्राप्त गरे । आइतबारको खेल ए डिभिजन च्याम्पियन चर्च व्वाइज र एनएसएल टिम झापा एफसी बिच प्रतिस्पर्धा हुने टे«निङ सेन्टरका अध्यक्ष नवराज ओलीले बताए ।

चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टिमले नगद १० लाख र ट्रफी तथा उपविजेता टिमले नगद ५ लाख र टफ्री प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको सर्वाेउत्कृष्ट खेलाडीले नगद ५१ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट कोच र उत्कृष्ट गोलरक्षकले नगद २१ हजार, उदयमान खेलाडीले ११ हजार प्राप्त गर्नेछन् ।

यस अघि उद्घाटन समारोह सम्पन्न भएको थियो । विभिन्न जातजातिको झाँकीसहित जार परिक्रमा गरेर खेल मैदानमा आएका अतिथि तथा दर्शकहरुका बिच नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य माननीय गोपाल तामाङले उद्घाटन गरेका थिए । फुटबल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्वमा सम्पन्न समारोहमा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना उप्रेतीलगायत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वको सहभागिता रहेको थियो ।

आयोजकका सहसंयोजक बिमल आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु कार्कीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali