Skip to main content

Purbi Garjan

नगर पार्टी सशक्त बनाउँदै मेचीनगरमा माओवादी

मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टी रुपान्तरण अभियानलाई तिव्र पारेको छ । पार्टीले नगरमा प्रभाव पार्ने गरी अभियानलाई तिव्र बनाएको हो ।

गत पुष महिनादेखि मेचीनगर-६ बाट सुरु गरेको अभियानले नगरभित्र १५ वटै वडामा अधिवेशन-सम्मेलनबाट पार्टी सदस्यलाई जागरुक बनाउने गरी लागिपरेको छ ।

पार्टीले पुराना सदस्यलाई उनीहरुको कार्यशैली, प्रभाव र इमान्दारिताका आधारमा वडास्तरको पदमा हेरफेर गर्दै नगर पठाउने तथा नयाँ सदस्यलाई स्वागत गर्दै विभिन्न उप-समितिसमेत निर्माण गरेको छ ।

वडा अधिवेशनपछि पार्टीले वडाभित्र `टोलसेल´ कमिटीसमेत निर्माण गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमोरियाले जानकारी दिए ।

उनका अनुसार मेचीनगरभित्र १ हजार ९३ जना पार्टी क्रियाशील सदस्य रहेका छन् । जागरूक अधिवेशनपछि २ हजारबढी क्रियाशील सदस्य बनाउने योजना रहेको छ ।

१५ वटै वडा अधिवेशनबाट पार्टीमा तदारुकता देखाउने, पार्टीमा जीवन योगदान गर्ने सदस्यलाई सम्मान तथा अभिनन्दन गर्ने, प्रत्येक टोलका समस्या बुझेर सामाधानको प्रयास गर्ने योजना रहेको अध्यक्ष चिमोरियाले जानकारी दिए ।

हालसम्म मेचीनगरका ५ वटा वडामा अधिवेशन सम्पन्न गरेको र १० वटा वडामा क्रमिक रुपमा अधिवेशनको मिति, स्थान तय गर्ने र नयाँ नेतृत्वका लागि वडास्तरमै छलफल अघि बढाएको छ ।

मेचीनगर-६ मा पबित्रा तिवारीको अध्यक्षतामा २५ सदस्यीय वडा समिति चयन गरिएको छ । मेचीनगर-१० मा आईतबार सम्पन्न वडा अधिवेशनले बाबुलाल राजवंशीको संयोजकत्वमा ३१ सदस्यीय वडा समिति निर्माण गरेको छ ।

त्यस्तै उपाध्यक्षमा खड्गप्रसाद सिटौला, ज्ञानु गोले, मित्र धिताल , सचिवमा सन्तोष कट्टेल, सह-सचिवमा हिरा आचार्य, शोमनाथ राजवंशी र कोषाध्यक्षमा जयन्ति मिजार (बिमला) लगायत ३१ सदस्यीय वडा कमिटी गठन गरेको हाे ।

कार्यवाहक अध्यक्ष खड्गप्रसाद सिटौलाको अध्यक्षता एवं पार्टीका प्रदेश कमिटी सदस्य तथा क्षेत्र नम्बर १ का संयोजक प्रकाश भन्डारीको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा रामहरी नेपाल, टिकाराम पौडयाल, राजन चिमोरिया, गोपाल बराईली लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

कार्यक्रममा यादव पौडयाल, राजन चिमोरिया, कृष्ण कौशल सिटौला, मिलन प्रसाई, ज्ञानेन्द्र सम्बाहाम्फे, शाङ्गे शेर्पा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नगर पार्टीको तर्फबाट उपलब्ध गरेको एक सय थान (प्रति) झुल विपन्न परिवारलाई वितरण गरिएको थियो ।

त्यसैगरी मेचीनगर-९ मा सागर बुढाथोकीको अध्यक्षतामा २१ सदस्यीय वडासमिति चयन गरिएको छ । उपाध्यक्षमा सनबहादुर तामाङ, तिलबहादुर बुढाथोकी र कुमारी मगर, सचिवमा कुसुम ठटाल (श्रेष्ठ ), सह-सचिवमा सुरेस कार्की, देबिमाया बस्नेत र प्रकाश भट्टराईलाई कोषाध्यक्षसहित २१ सदस्यीय समिति गठन गरेको हो।

यस्तै मेचीनगर-११ मा अभिनाश धितालको अध्यक्षतामा २९ सदस्यीय वडा कार्यसमिति चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा कमल अधिकारी र धरणिधर उप्रेती, सचिवमा चन्द्र बर्देवा, सह-सचिबमा देवलाल राजबंशी कोषाध्यक्षमा मैयाँ लम्सालसहित २९ सदस्यीय कमिटी चयन भएको छ ।

अधिवेशनले वाइसीएल कमिटीमा पुष्कर खत्रीको अध्यक्षतामा ११ सदस्यीय र अनेम संघ क्रान्तिकारी अध्यक्षमा बिना थेवे कार्की सर्बसम्मत चयन भएका छन्।

बेदनिधी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय समिति सचिब, बिदेश बिभाग प्रमुख राम कार्की (पार्थ ) जिल्ला संयाेजक राजु आचार्य (अग्नि) विशेष अतिथि प्रकाश भन्डारी लगायतको आतिथ्यता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali