Skip to main content

Purbi Garjan

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट :दमकलाई हराउँदै थण्डर विजयी

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको  खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थण्डर-११ सेमिफाइनल प्रवेश गरेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियोे । पानीका कारण १६ ओभरको म्याच खेलाइएको थियोे ।  थण्डरका लागि किरात डाँगीले सर्वाधिक ३७ रन बनाए । त्यस्तै विदान दुलालले १८ रन, शिव राजवंशीले १६ रन तथा नित्य खडरियाले १५ रन बनाएका थिए।

बलिङतर्फ दमकका लागि आनन्द शर्माले सर्वाधिक ३ विकेट लिए। त्यस्तै रवित राजवंशी र एलिक राईले समान २/२ विकेट लिए भने आयुश न्यौपानेले १ विकेट लिए।

११५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा दमकले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै मात्रै ९३ रन बनाउन सक्यो । दमकका लागि सुरज न्यौपानेले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ३४ रन बनाए। उनले १६ बल खेल्दै ३४ रन बनाएका हुन्। त्यस्तै विजय तामाङले ३२तथा नुर अन्जानले १७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा दमकले हार बेहोर्न पुग्यो ।

यता बलिङतर्फ थण्डरका लागि आनन्द शर्माले सर्वाधिक ३ विकेट लिए भने रोहित राजवंशी र एलिक राईले समान २/२ विकेट लिए भने आयुस न्यौपानेले १ विकेट हात पारे। प्रतियोगिताको म्यान अफ द म्याच थण्डरका आनन्द शर्मा घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे। उनले बलिङतर्फ ३ विकेट लिएका थिए भने ब्याटिङतर्फ ३ रन प्रहार गरेका थिए।

फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali