Skip to main content

Purbi Garjan

होलिबेल माविको २४ औँ वार्षिकोत्सब भव्यरुपमा सम्पन्न

धुलाबारी । होलिबेल अंग्रेजी माध्यमिक बिद्यालयको २४ औं बार्षिक उत्सब विविध कार्यक्रमका बिच बुधबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक तथा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका बिच धुलाबारीको टाउनहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयबाट एसइइ परीक्षामा सामेल भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै सानो तथा ठूलो कक्षाका विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य, गायन, झाँकी एबम् क्षमता प्रस्तुत गरेका थिए ।

मेचीनगर-९ का वडाअध्यक्ष कन्चन तामाङ प्रमुख अतिथ्यता तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल बस्नेतकाे अध्यक्षतामा सम्पन्न २४ औं बार्षिक उत्सब कार्यक्रममा विशेष अतिथि कबि शिरोमणी माबिका प्रधानाध्यापक दामोदर ढुङ्गेल,

मेची उध्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष ऋषि तिम्सिना, बलभद्र आधारभुत बिद्यालयका सहायक प्रधानाध्यापक देबु बानियाँ, बिद्यालयका संस्थापक अमृता प्रधान, प्रिन्सिपल अरिस्ता प्रधान, निर्देशक अभिषेक प्रधान लगायतले बोलेका थिए ।

२०५७ सालमा मेचीनगर-९ धुलाबारीमा स्थापना भएको होलिवेल अंग्रेजी माध्यमिक विद्यालय र विद्यार्थीको बारेमा कक्षा ८ मा अध्ययनरत अनन्य मल्लले प्रस्तुति गरेको थिइन् ।

बिद्यालयको शैक्षिक, भौतिक र आन्तरिक गतिबिधिका बारेमा बिधालयका प्रिन्सिपल अरिस्ता प्रधानले जानकारी गराएको कार्यक्रममा संस्थापक स्वर्गीय अरुण प्रधानको सम्झनामा दीप प्रज्वलन गरेको थिए ।

अध्यक्ष गोपाल बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन चन्द्रमाया सिटौलाले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali