Skip to main content

Purbi Garjan

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बौद्धमोडलाई हराउँदै पेनोरिस फाइनल प्रवेश

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस-११ फाइनल प्रवेश गरेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन बनाएको थियोे । पेनोरिसका लागि सुभांकर देवनाथले सर्वाधिक ४३ रन बनाए । त्यस्तै सिन्टु देव र एमडी अहमेदले समान २७/२७ रन प्रहार गरे भने कुमार रोयले २५ तथा विनोमली रोय र अरिन्दम रक्षितले समान १७/१७ रन बनाए।

बलिङतर्फ बौद्धमोडका लागि सुजन रिजालले सर्वाधिक ४ विकेट हात पारे। त्यस्तै अमन विश्वकर्माले ३ तथा भोला रोयले २ विकेट हात पारे भने रोमसन एमडिले १ विकेट हात पारे।

१८४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बौद्धमोडले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्रै १४७ रन बनाउन सक्यो । बौद्धमोडका लागि रमजान एमडिले सर्वाधिक ४० रन बनाए। त्यस्तै सागर मजुमदारले २९ रन, रोसन शर्माले २४ तथा अमन विश्वकर्माले २२ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा बौद्धमोड सेमिफाइनल बाटै बाहिरिएको हो ।

यता बलिङतर्फ पेनोरिसका लागि राकेश रोय र सुनिल घोसले समान ३/३ विकेट लिए भने एमडि अहमेदले २ तथा करणजित शाह र बेनोमोली रोयले समान १/१ विकेट हात पारे। प्रतियोगिताको म्यान अफ द म्याच पेनोरिसका शुभांकर देवनाथ घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे।

फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali