Skip to main content

Purbi Garjan

पाँचौं मेचीनगर गोल्डकप : आयोजक र चर्च ब्वाइज दुवै उपाधि जित्ने दाउमा

मेचीनगर । पाँचौ संस्करणको मेचीनगर गोल्डकपको उपाधिका लागी लिगलिडर चर्च ब्वाइज युनाइटेड र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिच शनिबार प्रतिस्पर्धा हुँदैछ । काँकरभिट्टा खेल मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक र चर्च ब्वाइज आमनेसामने हुन लागेका हुन् ।

फाइनल अघि शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुबै टोलीका कप्तान र प्रशिक्षकले पहिलो पटक च्याम्पियन बन्न टोली तयार रहेको सुनाए ।

पाँच वर्षपछि प्रतियोगिता हुँदा नयाँ च्याम्पियन पाउने टुंगो लागेको छ । २०७१ सालबाट सुरु भएको प्रतियोगिताको पहिलो उपाधि विर्तामोड युनाइटेड, दोस्रो पटक झापा ११, तेस्रो पटक विभागीय टोली त्रिभुवन आर्मी क्लब र चौथो संस्करण अर्काे विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन भएको थियो ।

आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर घरेलु समर्थकको साथ घरमै उपाधि राख्ने योजनामा छ । यस सिजन पहिलो पटक फाइनलमा स्थान बनाएको आयोजक पहिलो अवसर नै उपाधि जित्ने दाउमा छ ।

प्रशिक्षक मुन्ना सुब्बाले घरमै उपाधि राख्न तयार रहेको बताएका छन् । ‘हामीसँग जति खेलाडी छन् । ती सबै क्षमतावान छन् । चर्च ब्वाइज बलियो टोली हो । तर, हामी घरमै उपाधि राख्न खेल्छौं । घरेलु समर्थकलाई खुसी दिनेछौँ ।’

यता चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ फाइनल अघि एक दिन विश्राम पाउँदा टिमलाई सहज हुने बताएका छन् । ‘ फाइनल अघि एकदिन विश्राम पाएका छौं । लगातार खेल्दा गाह्रो भएको थियो । फाइनल जित्न खेल्नेछौं । तर, विपक्षीलाई कमजोर लिँदैनौं ।’

श्रेष्ठको प्रशिक्षणमा चर्च ब्वाइजले यसपटक झापा कप, बागमती गोल्डकप र फाल्गुनन्द गोल्डकपको उपाधि जितिसकेको छ । यसपटक मोेफसलमा चर्च ब्वाइजले खेलेको १० मध्ये आठ प्रतियोगितामा फाइनलमा स्थान बनाएको छ ।

यसले पनि शहिद स्मारक लिग च्याम्पियनपछि लयमा रहेको चर्च ब्वाइज युनाइटेड र होम ग्राउन्ड र स्थानीय दर्शकको समर्थक पाएको आयोजक बिच फाइनल खेल रोमाञ्चक हुने देखिन्छ ।

झापा जिल्ला फुटबल संघ र मेचीनगर खेकुद विकास समितिको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले ५१ हजार, उच्च गोलकर्ताले २५ हजार तथा उत्कृष्ट गोलकिपर र प्रशिक्षकले समान २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा नेपालका आयोजकसहित ६ तथा भारत र उज्वेकिस्तानको टिमको सहभागी थियो । २४ फागुनबाट सुरु भएको प्रतियोगिताको फाइनलको सम्पूर्ण तयारी पूरा भएको संयोजक श्रीप्रसाद मैनालीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali