Skip to main content

Purbi Garjan

बाहुनडाँगी जेसीजद्वारा भव्य रुपमा होली मिलन सम्पन्न

मेचीनगर। बाहुनडाँगी जेसिजले सधैं झै होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ । बाहुण्डाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षतामा भएको कार्यक्रममा बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष जेसी नवीन बरालको प्रमुख आतिथ्यता रहेको थियोे ।

उक्त होली मिलन कार्यक्रम को संयोजन सामुदायिक क्षेत्रका उपाध्यक्ष जेसी बिमल रणपहेली रहेका थिए। महासचिव सुस्मा मिश्रले सञ्चालन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतमले जेसीज आस्था बाचन गरेका थिए भने मिसन, भिजन र व्यक्तिगत क्षेत्रका उपाध्यक्ष जेसी रिना दर्जीले बाचन गरेकी थिइन ।

कार्यक्रम संयोजक बिमल रणपहेलीले स्वागत गरेको कार्यक्रममा २०१३ का अध्यक्ष बद्री निरौला , २०२० का अध्यक्ष जेसी सागर कार्की र संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि जेसी नवीन बरालले शुभकामना मन्तव्य राखेका थिए ।

वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाँईले सहभागी लाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए । प्रमुख अतिथिको हातबाट रङ लागाएर सुरु भएको होली मिलन कार्यक्रममा स्थानीयहरुको उत्कृष्ट सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali