Skip to main content

Purbi Garjan

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बाहुनडाँगीलाई हराउँदै थण्डर फाइनल प्रवेश

मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल  टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्दै थण्डर-११ फाइनल प्रवेश गरेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रन बनाएको थियोे । थण्डरका लागि रोहित राजवंशीले सर्वाधिक ७३ रन बनाए । त्यस्तै विशेष बुढाथोकीले २८ रन, चन्द्र भट्टराईले २४ तथा विराट डाँगीले २० रन प्रहार गरे।

बलिङतर्फ बाउनडाँगीका लागि आयुश दाहाल र सन्तोष प्रधानले समान ३/३ विकेट हात पारे भने नाजिर हुसेनले २ तथा रमन कार्की र निरोथ रोयले १/१ विकेट हात पारे।

२०६ रनको विशाल विजयी लक्ष्य पछ्याउने क्रममा बाहनडाँगीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्रै १२९ रन बनाउन सक्यो । बाहुनडाँगीका लागि राजेश थापाले सर्वाधिक ४६ रन बनाए भने गणेश पौडेलले १७ रन, तथा आयुश दाहालले १४रन बनाए। अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा आयोजक बाहुनडाँगी सेमिफाइनल बाटै बाहिरिएको हो ।

यता बलिङतर्फ थण्डरका लागि विराट डाँगी, शिव राजवंशी र एलिट राईले समान २/२ विकेट हात पारे । प्रतियोगिताको म्यान अफ द म्याच थण्डरका रोहित राजवंशी घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे।

फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुनेछ । उपाधिका लागि पेनोरिस -११ र थण्डर -११ ले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali