Skip to main content

Purbi Garjan

बाहुनडाँगी जेसिजद्वारा नारी दिवस विशेष प्यानल डिस्कसन सम्पन्न

मेचीनगर। बाहुण्डाँगी जेसीजले नारी दीवस विशेष प्यानल डिस्कन कार्यक्रम शनिवार भव्य रुपमा सम्पन्न गरेको छ । बाहुनडाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षता तथा मेचीनगर नगरपालीकाकी उप-प्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

विशेषगरी महिलाहरुलाई सक्षम र सबल बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष जेसी रिना दर्जीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव सुस्मा मिश्रले गरेकि थिइन् ।

उक्त कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतमले आस्था पाठ गरेका थिए भने उपाध्यक्ष जेसी प्रबिन चापागाईंले मिसन भिजन सुनाएका थिए । जेसी रीना दर्जीले कार्यक्रम माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गरेकी थिइन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष जेसी नवीन बराल , मेचीनगर जेसीजकी पुर्ब अध्यक्ष जेसी शोभा श्रेष्ठ नेम्वाङ , मे.न.पा.४ कि वडा सदस्य गिता लुङ्गेली मगर र प्रमुख अतिथि उप- प्रमुख मिना पोखरेल उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा जेसीजका सदस्य जेसी अर्जुन बस्नेतले लाइभ पेन्टिङ्ग गर्दै र प्रमुख अतिथि उप्रेतीले पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियोे। उक्त कार्यक्रमको वक्ताका रुपमा मेचीनगर लेडी जेसीजका पुर्ब अध्यक्ष जेसी शोभा श्रेष्ठ नेम्वाङ, मेचीनगर नगरपालीकाकी कार्यपालिका सदस्य तिलजा देवान र दीपेन्द्र प्रा.बि.का प्रधानाध्यापक शान्ता निरौला रहेका थिए।कार्यक्रममा सहजीकरण जेसी थेसिस रुचालले गरेका थिए ।

प्यानल डिस्कसन कार्यक्रममा मे.न.पा. ४ का टोल बिकास समितीका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali