Skip to main content

Purbi Garjan

बाहुनडाँगी जेसिजद्वारा नारी दिवस विशेष प्यानल डिस्कसन सम्पन्न

मेचीनगर। बाहुण्डाँगी जेसीजले नारी दीवस विशेष प्यानल डिस्कन कार्यक्रम शनिवार भव्य रुपमा सम्पन्न गरेको छ । बाहुनडाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षता तथा मेचीनगर नगरपालीकाकी उप-प्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

विशेषगरी महिलाहरुलाई सक्षम र सबल बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष जेसी रिना दर्जीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव सुस्मा मिश्रले गरेकि थिइन् ।

उक्त कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतमले आस्था पाठ गरेका थिए भने उपाध्यक्ष जेसी प्रबिन चापागाईंले मिसन भिजन सुनाएका थिए । जेसी रीना दर्जीले कार्यक्रम माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गरेकी थिइन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष जेसी नवीन बराल , मेचीनगर जेसीजकी पुर्ब अध्यक्ष जेसी शोभा श्रेष्ठ नेम्वाङ , मे.न.पा.४ कि वडा सदस्य गिता लुङ्गेली मगर र प्रमुख अतिथि उप- प्रमुख मिना पोखरेल उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा जेसीजका सदस्य जेसी अर्जुन बस्नेतले लाइभ पेन्टिङ्ग गर्दै र प्रमुख अतिथि उप्रेतीले पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियोे। उक्त कार्यक्रमको वक्ताका रुपमा मेचीनगर लेडी जेसीजका पुर्ब अध्यक्ष जेसी शोभा श्रेष्ठ नेम्वाङ, मेचीनगर नगरपालीकाकी कार्यपालिका सदस्य तिलजा देवान र दीपेन्द्र प्रा.बि.का प्रधानाध्यापक शान्ता निरौला रहेका थिए।कार्यक्रममा सहजीकरण जेसी थेसिस रुचालले गरेका थिए ।

प्यानल डिस्कसन कार्यक्रममा मे.न.पा. ४ का टोल बिकास समितीका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali