Skip to main content

Purbi Garjan

नेकपा महासचिव विप्लवद्वारा मेचि पारिको ग्रामीण बस्ती अवलोकन, सिमा अतिक्रमणबारे जनतासँग अन्तरक्रिया

झापा | नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ झापाको सीमावर्ती ग्रामीण बस्तीमा पुगेका छन् । उनले स्थानीय जनतासँग अन्तरक्रिया गर्दै उनीहरूका समस्या सुनेर समाधानका लागि पार्टीको प्रतिबद्धता दोहोर्याएका छन् । विशेष गरी सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र विकासका मुद्दाहरूमा उनले गम्भीर चासो व्यक्त गरेका छन् ।

महासचिव विप्लवले सिमा अतिक्रमणविरुद्ध सशक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यले सीमावर्ती क्षेत्रमा बेवास्ता गरे कम्युनिस्ट आन्दोलनले अगुवाइ लिने चेतावनी दिए। साथै, शिक्षा, स्वास्थ्य, रोजगारी, र पूर्वाधार विकासजस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न नेकपाले संघर्ष जारी राख्ने उनले स्पष्ट पारे ।

यसै क्रममा, महासचिव विप्लवको झापा भ्रमणलाई पार्टीको अग्रगामी आन्दोलनलाई बलियो बनाउन महत्त्वपूर्ण मानिएको छ । नेकपाका झापा जिल्ला इन्चार्ज सुमनसिंह सीका अनुसार यो भ्रमणले झापालाई देशको राजनीतिक निकाससँग जोड्ने रणनीति निर्माणमा सहयोग गर्नेछ ।

नेकपाका किरात-लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सीको नेतृत्वमा भद्रपुर विमानस्थलमा विप्लवलाई भव्य स्वागत गरिएको थियो । पार्टीका केन्द्रीय सदस्य अर्जुन सीले झापामा भइरहेको प्रतिक्रान्तिकारी षड्यन्त्रलाई रोक्दै क्रान्तिकारी प्रवृत्तिलाई नयाँ दिशा दिने महासचिवको यो पहल ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे ।

महासचिव विप्लवको यो भ्रमणले झापा मात्र नभई समग्र देशको राजनीतिक परिदृश्यमा प्रभाव पार्ने विश्लेषकहरूको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali