Skip to main content

Purbi Garjan

प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै

मेचीनगर। झापाको मेचीनगर नगरपालिका – ८ मा प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुनेभएको छ।

बि एण्ड एस क्रिकेट क्लबको आयोजना तथा मेचीनगर वडा नम्बर – ८ को सहयोगमा यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता हुने र नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहने आयोजकले आज पत्रकार भेटघाट मार्फत जानकारी दिएको छ।

क्रिकेट खेलको विकास तथा स्थानीय खेलाडीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भूपाल बुढाथोकीले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेतालाई नगद रु २५ हजार ट्रफी र मेडल प्रदान गरिने प्रतियोगिता  आयोजक समितिका सदस्य समीर श्रेष्ठले जानकारी दिए।

उक्त प्रतियोगिता मेची विद्योदय आधारभूत विद्यालयको  खेलमैदान र शान्ति बन बाटिकाको खेलमैदानमा हुनेछ। प्रतियोगिता सम्पन्न गर्नका लागि अहिले तयारीमा जुटिरहेको समेत आयोजकले जनाएको छ।

पत्रकार भेटघाट कार्यक्रममा क्लबका उपाध्यक्ष शंकर धिमाल, सचिव उज्ज्वल सुवेदी , उप-सचिव विशोक श्रेष्ठ, सञ्चार प्रतिष्ठान मेचीनगरका अध्यक्ष शिशिर चम्लागाईँ, प्रेस क्लब मेचीनगरका निवर्तमान अध्यक्ष डम्बर बराल, अध्यक्ष प्रकाश पौडेल, कैलाश प्रधान लगायतको उपस्थिति रहेको थियोे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali