Skip to main content

Purbi Garjan

प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै

मेचीनगर। झापाको मेचीनगर नगरपालिका – ८ मा प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुनेभएको छ।

बि एण्ड एस क्रिकेट क्लबको आयोजना तथा मेचीनगर वडा नम्बर – ८ को सहयोगमा यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता हुने र नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहने आयोजकले आज पत्रकार भेटघाट मार्फत जानकारी दिएको छ।

क्रिकेट खेलको विकास तथा स्थानीय खेलाडीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भूपाल बुढाथोकीले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५० हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेतालाई नगद रु २५ हजार ट्रफी र मेडल प्रदान गरिने प्रतियोगिता  आयोजक समितिका सदस्य समीर श्रेष्ठले जानकारी दिए।

उक्त प्रतियोगिता मेची विद्योदय आधारभूत विद्यालयको  खेलमैदान र शान्ति बन बाटिकाको खेलमैदानमा हुनेछ। प्रतियोगिता सम्पन्न गर्नका लागि अहिले तयारीमा जुटिरहेको समेत आयोजकले जनाएको छ।

पत्रकार भेटघाट कार्यक्रममा क्लबका उपाध्यक्ष शंकर धिमाल, सचिव उज्ज्वल सुवेदी , उप-सचिव विशोक श्रेष्ठ, सञ्चार प्रतिष्ठान मेचीनगरका अध्यक्ष शिशिर चम्लागाईँ, प्रेस क्लब मेचीनगरका निवर्तमान अध्यक्ष डम्बर बराल, अध्यक्ष प्रकाश पौडेल, कैलाश प्रधान लगायतको उपस्थिति रहेको थियोे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali