Skip to main content

Purbi Garjan

प्रतिगमनका विरुद्ध नेकपाले झापा सहित देशभर प्रदर्शन गर्दै

झापा । विप्लव नेतृत्वको नेकपाले झापासहित देशभर जन प्रदर्शन गर्ने भएको छ। पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकले जन प्रदर्शन सहित विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।

आगामी चैत्र २४ गते झापा सहित देशभरका ७७ वटै जिल्लामा जन-प्रदर्शन गर्ने, चैत्र २७ गते देशभरका पालिका स्तरमा मसाल जुलुस गर्ने र वैशाख ५ गते सम्पुर्ण जिल्लाहरुमा कोण सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

यसैबीच नेकपा झापाले आज पार्टी कार्यालय विर्तामोडमा पार्टी सचिवालय बैठक बस्दै पार्टीको केन्द्रीय कार्यक्रमहरु भव्य रुपमा सम्पन्न गर्ने निर्णय गर्दै तयारीमा जुटेको छ।

पार्टीका जिल्ला इन्चार्ज सुमनसिंह सी को नेतृत्वमा बसेको बैठकले सचिवालय सदस्यहरुलाई विभिन्न जिम्मेवारी हस्तान्तरण गर्दै कार्यक्रमको भव्य तयारी भएको जानकारी दिएका छन्। उनले यो प्रदर्शन प्रतिगामी तत्वहरुको विरुद्ध र अग्रगमन तर्फ देशलाई अगाडि बढाउने उद्धेश्यका साथ आयोजना गरिएको जानकारी दिए।

उनले गणतन्त्र बाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै अब समाजवादमा जानू मात्रै अन्तिम विकल्प रहेको बताएका छन्। उक्त कार्यक्रममा उपस्थित हुनका लागि आम झापा बासिहरुलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali