Skip to main content

Purbi Garjan

झापाको बनियानी बजारका दुई पसलमा राजस्वको छापा

झापा । झापाको कचनकवल गाउँपालिकास्थित बनियानी बजारका दुई वटा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ। केही दिनअघि विभिन्न मिडियामा “झापाको दक्षिणी भेगबाट व्यापक तस्करी, करोडौं राजस्व गुमाउँदै राज्य” शिर्षकमा समाचार प्रकाशित भएपछि उक्त छापा मारिएको हो।

राजस्व अनुसन्धान कार्यालय तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले भन्सार छली गरी भारतबाट सामान ल्याएको सुराकीका आधारमा छापा मारेको हो। छापा ज्योति कपडा पसल र एके सप्लायर्समा परेको छ, जुन व्यवसायी अरुण चौधरीले सञ्चालन गर्दै आएका थिए।

करिब तीन घण्टासम्म चलेको अपरेसनका क्रममा पसलका सम्पूर्ण कागजात छानबिनका लागि लगिएको छ भने पसलको माथिल्लो तला राजस्व कार्यालयले सिल गरेको छ।

यसअघि, गत कात्तिक महिनामा चौधरीकै गोदामबाट ४७ लाख रुपैयाँ बराबरको राजस्व छली गरी ल्याइएका अवैध कपडा प्रहरीले बरामद गरेको थियो। चौधरीले ती अवैध सामान इलाका प्रहरी कार्यालय बनियानीसँग जोडिएको गोदाममा राखेका थिए। नेपाल-भारत खुला सिमानाको फाइदा उठाउँदै तस्करहरूले अवैध ओसारपसार गर्ने क्रम बढ्दै गएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali