Skip to main content

Purbi Garjan

झापाको बनियानी बजारका दुई पसलमा राजस्वको छापा

झापा । झापाको कचनकवल गाउँपालिकास्थित बनियानी बजारका दुई वटा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ। केही दिनअघि विभिन्न मिडियामा “झापाको दक्षिणी भेगबाट व्यापक तस्करी, करोडौं राजस्व गुमाउँदै राज्य” शिर्षकमा समाचार प्रकाशित भएपछि उक्त छापा मारिएको हो।

राजस्व अनुसन्धान कार्यालय तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले भन्सार छली गरी भारतबाट सामान ल्याएको सुराकीका आधारमा छापा मारेको हो। छापा ज्योति कपडा पसल र एके सप्लायर्समा परेको छ, जुन व्यवसायी अरुण चौधरीले सञ्चालन गर्दै आएका थिए।

करिब तीन घण्टासम्म चलेको अपरेसनका क्रममा पसलका सम्पूर्ण कागजात छानबिनका लागि लगिएको छ भने पसलको माथिल्लो तला राजस्व कार्यालयले सिल गरेको छ।

यसअघि, गत कात्तिक महिनामा चौधरीकै गोदामबाट ४७ लाख रुपैयाँ बराबरको राजस्व छली गरी ल्याइएका अवैध कपडा प्रहरीले बरामद गरेको थियो। चौधरीले ती अवैध सामान इलाका प्रहरी कार्यालय बनियानीसँग जोडिएको गोदाममा राखेका थिए। नेपाल-भारत खुला सिमानाको फाइदा उठाउँदै तस्करहरूले अवैध ओसारपसार गर्ने क्रम बढ्दै गएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali