Purbi Garjan

दिन: २०८१ चैत्र २०, बिहीबार

बैशाख १३ देखि प्रथम बाहुण्डाँगी च्यालेन्ज कप हुने

बैशाख १३ देखि प्रथम बाहुण्डाँगी च्यालेन्ज कप हुने

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको हो । २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ६१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटि बाहुण्डाँगी रहेका…
Read More
मेचीनगर वडा स्तरीय फुटबल: ५ र ६ सेमिफाइनल प्रवेश

मेचीनगर वडा स्तरीय फुटबल: ५ र ६ सेमिफाइनल प्रवेश

मेचीनगर। झापाको मेचीनगर - ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहिवार मेचीनगर ५ र ६ सेमिफाइनल प्रवेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ७ लाई ३-१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रवेश गरेको हो । जितका लागि राज क्षेत्रीले २ र अनिस खड्काले १ गोल गरे । यता वडा नम्बर ७ का अरुण मेचेले गोल गरे । खेलको म्यान अफ द म्याच बिजेता टिमका राज क्षेत्री भए । उनलाइ नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले ट्रफी र नगद हस्तान्तर गरेका थिए । यसैगरी दोस्रो खेलमा मेचीनगर १२ लाई मेचीनगर…
Read More
झापाको बनियानी बजारका दुई पसलमा राजस्वको छापा

झापाको बनियानी बजारका दुई पसलमा राजस्वको छापा

झापा । झापाको कचनकवल गाउँपालिकास्थित बनियानी बजारका दुई वटा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ। केही दिनअघि विभिन्न मिडियामा "झापाको दक्षिणी भेगबाट व्यापक तस्करी, करोडौं राजस्व गुमाउँदै राज्य" शिर्षकमा समाचार प्रकाशित भएपछि उक्त छापा मारिएको हो। राजस्व अनुसन्धान कार्यालय तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले भन्सार छली गरी भारतबाट सामान ल्याएको सुराकीका आधारमा छापा मारेको हो। छापा ज्योति कपडा पसल र एके सप्लायर्समा परेको छ, जुन व्यवसायी अरुण चौधरीले सञ्चालन गर्दै आएका थिए। करिब तीन घण्टासम्म चलेको अपरेसनका क्रममा पसलका सम्पूर्ण कागजात छानबिनका लागि लगिएको छ भने पसलको माथिल्लो तला राजस्व कार्यालयले सिल गरेको छ। यसअघि, गत कात्तिक महिनामा…
Read More
रेडपाण्डा संरक्षणको सन्देश दिन सन्दकपुरमा पदमार्ग र महोत्सव

रेडपाण्डा संरक्षणको सन्देश दिन सन्दकपुरमा पदमार्ग र महोत्सव

फिक्कल । विश्वमा लोपोन्मुख रेडपान्डा संरक्षण र पर्यटन प्रर्वद्धनका लागि इलामको सन्दकपुरमा दोश्रो रेडपान्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरु माझ रेडपान्डाको महत्व र अध्ययन गराउने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । आगामी चैत्र २३ गतेसम्म संचालन हुने महोत्सव इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कोशी प्रदेशसभा सदस्य एवम सुशासन तथा योजना समितिको सभापति खगेश्वरी पौडेल अधिकारी (बन्दना) ले उद्धघाटन गरे । कार्यक्रममा बोल्दै संघीय सांसद बस्नेतले रेडपान्डाका माध्यमबाट पर्यटन प्रवर्धनमा सघाउ पुग्ने बताए । उनले रेडपान्डाको माध्यमबाट विश्व मानचित्रमा उभ्याउन सबल बन्न सबैको सहकार्य आवश्यक देखिएको छ । ‘ सन्दकपुर गाउँपालिकाको माइपोखरी विश्व सम्पाद…
Read More
ne_NPNepali