Skip to main content

Purbi Garjan

मेचीनगर वडा स्तरीय फुटबल: ५ र ६ सेमिफाइनल प्रवेश

मेचीनगर। झापाको मेचीनगर – ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहिवार मेचीनगर ५ र ६ सेमिफाइनल प्रवेश गरेका छन ।

नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ७ लाई ३-१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रवेश गरेको हो । जितका लागि राज क्षेत्रीले २ र अनिस खड्काले १ गोल गरे । यता वडा नम्बर ७ का अरुण मेचेले गोल गरे । खेलको म्यान अफ द म्याच बिजेता टिमका राज क्षेत्री भए । उनलाइ नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले ट्रफी र नगद हस्तान्तर गरेका थिए ।

यसैगरी दोस्रो खेलमा मेचीनगर १२ लाई मेचीनगर ६ ले टाइब्रेकरमा ४-३  गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछी सोझै टाइब्रेकरद्वारा निर्णय लिएको थियो । टाइब्रेकरमा मेचीनगर ६ भाग्यशाली बन्यो ।

खेलको म्यान अफ द म्याच बिजेता टिमका देवन भुजेल घोषित भए । उनलाइ झापा जिल्ला फुटबल संघका महासचिव सेरबहादुर बस्नेत र काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलिले ट्रफी र नगद प्रदान गरे ।

शुक्रवारको पहिलो सेमिफाइनल खेल मेचीनगर ५ र मेचीनगर ११ तथा दोस्रो खेल मेचीनगर ९ र मेचीनगर ६ बिच हुने खेलकुद सम्योजक खेम सावाँले बताए ।

वडा कार्यालय मेचीनगर ३ को आयोजनामा चैत १६ गतेबाट सुरु भएको प्रतियोगितामा मेचीनगरका १५ वटा वडाहरु सहभागिता छन । प्रतियोगिताको फाइनल खेल २३ गते शनिवार हुनेछ । प्रतियोगितामा बिजेता टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali