Skip to main content

Purbi Garjan

मेचीनगर वडा स्तरीय फुटबल: ५ र ६ सेमिफाइनल प्रवेश

मेचीनगर। झापाको मेचीनगर – ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहिवार मेचीनगर ५ र ६ सेमिफाइनल प्रवेश गरेका छन ।

नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ७ लाई ३-१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रवेश गरेको हो । जितका लागि राज क्षेत्रीले २ र अनिस खड्काले १ गोल गरे । यता वडा नम्बर ७ का अरुण मेचेले गोल गरे । खेलको म्यान अफ द म्याच बिजेता टिमका राज क्षेत्री भए । उनलाइ नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले ट्रफी र नगद हस्तान्तर गरेका थिए ।

यसैगरी दोस्रो खेलमा मेचीनगर १२ लाई मेचीनगर ६ ले टाइब्रेकरमा ४-३  गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछी सोझै टाइब्रेकरद्वारा निर्णय लिएको थियो । टाइब्रेकरमा मेचीनगर ६ भाग्यशाली बन्यो ।

खेलको म्यान अफ द म्याच बिजेता टिमका देवन भुजेल घोषित भए । उनलाइ झापा जिल्ला फुटबल संघका महासचिव सेरबहादुर बस्नेत र काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलिले ट्रफी र नगद प्रदान गरे ।

शुक्रवारको पहिलो सेमिफाइनल खेल मेचीनगर ५ र मेचीनगर ११ तथा दोस्रो खेल मेचीनगर ९ र मेचीनगर ६ बिच हुने खेलकुद सम्योजक खेम सावाँले बताए ।

वडा कार्यालय मेचीनगर ३ को आयोजनामा चैत १६ गतेबाट सुरु भएको प्रतियोगितामा मेचीनगरका १५ वटा वडाहरु सहभागिता छन । प्रतियोगिताको फाइनल खेल २३ गते शनिवार हुनेछ । प्रतियोगितामा बिजेता टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali