Skip to main content

Purbi Garjan

समाचार प्रभाव: यातायात कार्यालय झापाबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

झापा । यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना  बिचौलियालाई प्रहरीले नियन्त्रणमा  लिएको छ ।

केही समय अगाडि पुर्वी गर्जन लगायतका सञ्चार माध्यममा बिचौलियाका कारण  सेवाग्रहीले दुःख पाएको र बिचौलियाको कब्जामा यातायात कार्यालय रहेको समाचार सार्वजनिक भएको थियो । समाचार प्रकाशित भएसँगै आज यातायात कार्यालयबाट  जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले ९ जना बिचौलियालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार दुईजना महिलासहित ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड वडा नम्बर १ की २४ बर्षिय गरिमा घिमिरे, ५२ बर्षिय सीता भेटवाल, २७ बर्षिय सुरज आचार्य, ४२ बर्षिय तुलसी खतिवडा र २९ बर्षिय रोशन आचार्य, त्यस्तै बिर्तामोड २ का २४ बर्षिय टंक प्रसाद राजवंशी, बिर्तामोड ३ का २६ बर्षिय रिशन लिम्बू, बिर्तामोड ५ का ४३ बर्षिय राम प्रसाद ढकाल र कन्काई १ का २० बर्षिय दिवस राई रहेका छन् ।

सवारी सम्बन्धी कामका लागि यातायात कार्यालय पुग्दा सेवाग्राही हरु बिचौलियाका कारण ठगिने गरेको र केही बिचौलियाले सेवाग्राहीको लाखौं रुपैयाँ रकम लिएर फरार रहेको र सेवाग्राहीबाट रकम लिने र कार्यालयमा दाखिला नगर्ने लगायतका समस्याहरु सञ्चारमाध्यममा उजागर भएपछि प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali