Skip to main content

Purbi Garjan

माओवादी केन्द्रका प्रदेश सदस्य श्रेष्ठसहित १४ जना नेता-कार्यकर्ता नेकपामा प्रवेश

ललितपुर । विप्लव नेतृत्वको माओवादी केन्द्रका नेताहरूको ध्रुवीकरण हुने क्रम तीव्र भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेकपा महासचिव विप्लव सीको निवासमा आज एक कार्यक्रमका बीच माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जना नेता-कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई नेकपा महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य शिलु सी, गोरखा जिल्ला इन्चार्ज कपिल सीलगायतका नेताहरूले अविर र खादा लगाएर भव्य स्वागत गरेका छन् । कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव विप्लव सीले सबैतिरबाट असल मानिसहरू एक हुनुपर्ने बेला आएकाे बताए । उनलेे भने, ‘माओवादीको छुट्टै आदर्श छ । आज हाम्रो पार्टीमा एउटा महत्वपूर्ण इट्टा थपिएको छ । हामीले नेपालमा आशा जगाउनुपर्छ ।”

कार्यक्रममा उपस्थित नेता-कार्यकर्ताहरूले नयाँ प्रवेशले पार्टीलाई थप ऊर्जा मिलेको बताएका छन् ।
कार्यक्रमको सञ्चालन समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष टेक सीले गरेका थिए ।

माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जनाको नेकपा प्रवेशले राजनीतिक माहोललाई तताएको छ । यो ध्रुवीकरणले नेकपालाई थप बलियो बनाएको विश्लेषण गरिएको छ । नेकपाले अब देशव्यापी रूपमा आफ्नो संगठन विस्तार गर्ने र जनताको मुद्दालाई सशक्त रूपमा उठाउने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali