Skip to main content

Purbi Garjan

माओवादी केन्द्रका प्रदेश सदस्य श्रेष्ठसहित १४ जना नेता-कार्यकर्ता नेकपामा प्रवेश

ललितपुर । विप्लव नेतृत्वको माओवादी केन्द्रका नेताहरूको ध्रुवीकरण हुने क्रम तीव्र भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेकपा महासचिव विप्लव सीको निवासमा आज एक कार्यक्रमका बीच माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जना नेता-कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई नेकपा महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य शिलु सी, गोरखा जिल्ला इन्चार्ज कपिल सीलगायतका नेताहरूले अविर र खादा लगाएर भव्य स्वागत गरेका छन् । कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव विप्लव सीले सबैतिरबाट असल मानिसहरू एक हुनुपर्ने बेला आएकाे बताए । उनलेे भने, ‘माओवादीको छुट्टै आदर्श छ । आज हाम्रो पार्टीमा एउटा महत्वपूर्ण इट्टा थपिएको छ । हामीले नेपालमा आशा जगाउनुपर्छ ।”

कार्यक्रममा उपस्थित नेता-कार्यकर्ताहरूले नयाँ प्रवेशले पार्टीलाई थप ऊर्जा मिलेको बताएका छन् ।
कार्यक्रमको सञ्चालन समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष टेक सीले गरेका थिए ।

माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जनाको नेकपा प्रवेशले राजनीतिक माहोललाई तताएको छ । यो ध्रुवीकरणले नेकपालाई थप बलियो बनाएको विश्लेषण गरिएको छ । नेकपाले अब देशव्यापी रूपमा आफ्नो संगठन विस्तार गर्ने र जनताको मुद्दालाई सशक्त रूपमा उठाउने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali