Skip to main content

Purbi Garjan

समाजसेवी तामाङको जन्मदिन विशेष “भेट्रान रोड रेस” कार्यक्रम हुँदै

मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा नयाँ वर्ष विशेष “भेट्रान रोड रेस कार्यक्रम-२०८२” हुनेभएको छ। “खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मान” नारा सहित समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम गरिने आयोजक काकडभिट्टा भेट्रान फुटबल क्लबले जानकारी दिएको छ।

नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते बिहान ७ बजे काकडभिट्टा खेलमैदानबाट कार्यक्रम शुरु हुने र कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथिका रुपमा प्रदेश सभा सदस्य माननीय गोपाल तामाङको उपस्थिति रहने छ।

उक्त रेस कार्यक्रममा क्रमश प्रथम हुनेले नगद रु ३० हजार, दोस्रो  हुनेले २० हजार, तेस्रो हुनेले १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्तै सान्त्वना पुरस्कार नगद रु १ हजार ७ जनाले प्राप्त गर्नेछन् । सम्पुर्ण पुरस्कार राशिको प्रायोजन समाजसेवी विमला तामाङले गरेकी हुन्।

रेश प्रतियोगितामा सहभागी हुनका लागि ४० वर्ष पुगेको हुनुपर्ने र सहभागीले सेतो टिसर्ट सहित स्पोर्ट्स ड्रेसमा आउनुपर्ने छ। त्यस्तै सहभागीको कुनै दुर्घटना भएमा प्राथमिक उपचार बाहेक स्वयं जिम्मेवारी हुने र रेश सतिघट्टा देखि काकडभिट्टा खेलमैदान सम्म ४किलोमिटर रहने आयोजकले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali