Skip to main content

Purbi Garjan

अरुणोदय बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सबमा दुईदिने महोत्सव हुने

मेचीनगर। झापाको मेचीनगर -६ काँकरभिट्टा स्थित अरुणोदय बोर्डिङ्ग स्कुलले २९औं बार्षिक उत्सब भव्य रुपले मनाउने भएको छ । आइतवार पत्रकार भेटघाट गर्दै विद्यालयका अध्यक्ष भगिरथ राइले वार्षिकोत्सब हुने जानकारी गराएका हुन ।

काँकरभिट्टामा शिक्षामा नौलो अभ्यास गर्ने तयारी गर्दै पठन संस्कृति र प्लेली बिधिबाट पठनपाठन शुरु गरेको अरुणोदय स्कुलले आगामी मंगलवार र बुधवार २९औँ वार्षिकोत्सबलाई अरुणोदय महोत्सवको रुपमा भव्य रुपमा मनाउने तयारी गरेको छ । उत्सवको पहिलो दिन कक्षा ५ सम्मका विद्यार्थी र दोश्रो दिन कक्षा ५ माथिका विद्यार्थीले प्रतिभा प्रस्तुती गर्ने बताइएको छ ।

त्यस्तै अभिभावक नृत्य , विद्यार्थी अभिभावक सम्मान, विज्ञान प्रदर्शनी, परम्परागत सामाग्री प्रदर्शनी, पुस्तक तथा खेलकुद सामाग्री प्रदर्शनी, विद्यार्थीद्वारा निर्मित चित्रकला तथा हस्तकला प्रदर्शनी तथा बिक्रि, दैनिक प्रयोग गरिने खाद्य वस्तुको प्रदर्शनी तथा विक्रि, आँखा तथा दाँत परिक्षण , विद्यार्थीहरुले पकाएका स्तानिय नेवारी , राजवंशी ,  राई , तामाङ्ग, शेर्पा र मगर समुदायका खानाका परिकार बिक्री , स्काउटका सामाग्री प्रदर्शनी र बिक्री आदि कार्यक्रमहरु रहेको छ । उत्सवमा करिव १ हजार मानिसहरुको उपस्थिति रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali