Skip to main content

Purbi Garjan

अरुणोदय बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सबमा दुईदिने महोत्सव हुने

मेचीनगर। झापाको मेचीनगर -६ काँकरभिट्टा स्थित अरुणोदय बोर्डिङ्ग स्कुलले २९औं बार्षिक उत्सब भव्य रुपले मनाउने भएको छ । आइतवार पत्रकार भेटघाट गर्दै विद्यालयका अध्यक्ष भगिरथ राइले वार्षिकोत्सब हुने जानकारी गराएका हुन ।

काँकरभिट्टामा शिक्षामा नौलो अभ्यास गर्ने तयारी गर्दै पठन संस्कृति र प्लेली बिधिबाट पठनपाठन शुरु गरेको अरुणोदय स्कुलले आगामी मंगलवार र बुधवार २९औँ वार्षिकोत्सबलाई अरुणोदय महोत्सवको रुपमा भव्य रुपमा मनाउने तयारी गरेको छ । उत्सवको पहिलो दिन कक्षा ५ सम्मका विद्यार्थी र दोश्रो दिन कक्षा ५ माथिका विद्यार्थीले प्रतिभा प्रस्तुती गर्ने बताइएको छ ।

त्यस्तै अभिभावक नृत्य , विद्यार्थी अभिभावक सम्मान, विज्ञान प्रदर्शनी, परम्परागत सामाग्री प्रदर्शनी, पुस्तक तथा खेलकुद सामाग्री प्रदर्शनी, विद्यार्थीद्वारा निर्मित चित्रकला तथा हस्तकला प्रदर्शनी तथा बिक्रि, दैनिक प्रयोग गरिने खाद्य वस्तुको प्रदर्शनी तथा विक्रि, आँखा तथा दाँत परिक्षण , विद्यार्थीहरुले पकाएका स्तानिय नेवारी , राजवंशी ,  राई , तामाङ्ग, शेर्पा र मगर समुदायका खानाका परिकार बिक्री , स्काउटका सामाग्री प्रदर्शनी र बिक्री आदि कार्यक्रमहरु रहेको छ । उत्सवमा करिव १ हजार मानिसहरुको उपस्थिति रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali