Skip to main content

Purbi Garjan

प्रतिगमनका विरुद्ध झापामा नेकपाको विरोध प्रदर्शन

विर्तामोड । प्रतिगमन र षड्यन्त्रको विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले वृहत् विरोध प्रदर्शन गरेको छ।

आज झापाको विर्तामोडमा नेकपाका नेताकार्यकर्ताले राजतन्त्रको विरोधमा विभिन्न नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन्। विर्तामोड स्थित पश्चिम बस स्टेसन बाट नाराबाजी सहित शुरु भएको र्‍याली मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियोे ।

र्‍यालीमा प्रतिगमन मुर्दावाद, समाजवादी व्यवस्था जिन्दावाद, प्रतिगमन मुर्दावाद, विप्लव आउ देश बचाउ लगायतका नारा सहित प्लेकार्ड प्रदर्शन गरिएको थियोे ।

कोणसभालाई सम्बोधन गर्दै नेकपाका झापा इन्चार्ज सुमनसिंह सी ले देशलाई पछाडि धकेल्न खोज्ने अराजक तत्वहरुलाई जनताले कारबाही गर्ने समय आएकाले धेरै नसलबलाउन चेतावनी दिएका छन्। उनले पछिल्लो समय दुर्गा प्रसाईं जस्तो अराजक व्यक्तिहरु राजतन्त्रको वकालत गर्दै आन्दोलन गर्न थालेको र त्यसको कुनै औचित्य नरहेको उल्लेख गरे।

उनले गणतन्त्रको भत्ता खाएर गणतन्त्रको विरोध गर्नेहरु दलाल र रैती भएको बताउँदै यिनिहरुलाई कारबाही गर्नुपर्ने उल्लेख गरे। राजतन्त्रवादिहरु बेलैमा सचेत भएनन् र धेरै चलखेल गरे उनिहरुको दुखद अन्त्य हुने समेत उनले चेतावनी दिएका छन्।

गणतन्त्रको विकल्प जनताले मिल्काइसकेको राजतन्त्र नहुने स्पस्ट पार्दै उनले अबको विकल्प नेपाली विशेषताको समाजवाद रहेको र सबै समस्याको निकास समाजवादी व्यवस्था रहेको बताए ।

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali