Skip to main content

Purbi Garjan

प्रतिगमनका विरुद्ध झापामा नेकपाको विरोध प्रदर्शन

विर्तामोड । प्रतिगमन र षड्यन्त्रको विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले वृहत् विरोध प्रदर्शन गरेको छ।

आज झापाको विर्तामोडमा नेकपाका नेताकार्यकर्ताले राजतन्त्रको विरोधमा विभिन्न नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन्। विर्तामोड स्थित पश्चिम बस स्टेसन बाट नाराबाजी सहित शुरु भएको र्‍याली मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियोे ।

र्‍यालीमा प्रतिगमन मुर्दावाद, समाजवादी व्यवस्था जिन्दावाद, प्रतिगमन मुर्दावाद, विप्लव आउ देश बचाउ लगायतका नारा सहित प्लेकार्ड प्रदर्शन गरिएको थियोे ।

कोणसभालाई सम्बोधन गर्दै नेकपाका झापा इन्चार्ज सुमनसिंह सी ले देशलाई पछाडि धकेल्न खोज्ने अराजक तत्वहरुलाई जनताले कारबाही गर्ने समय आएकाले धेरै नसलबलाउन चेतावनी दिएका छन्। उनले पछिल्लो समय दुर्गा प्रसाईं जस्तो अराजक व्यक्तिहरु राजतन्त्रको वकालत गर्दै आन्दोलन गर्न थालेको र त्यसको कुनै औचित्य नरहेको उल्लेख गरे।

उनले गणतन्त्रको भत्ता खाएर गणतन्त्रको विरोध गर्नेहरु दलाल र रैती भएको बताउँदै यिनिहरुलाई कारबाही गर्नुपर्ने उल्लेख गरे। राजतन्त्रवादिहरु बेलैमा सचेत भएनन् र धेरै चलखेल गरे उनिहरुको दुखद अन्त्य हुने समेत उनले चेतावनी दिएका छन्।

गणतन्त्रको विकल्प जनताले मिल्काइसकेको राजतन्त्र नहुने स्पस्ट पार्दै उनले अबको विकल्प नेपाली विशेषताको समाजवाद रहेको र सबै समस्याको निकास समाजवादी व्यवस्था रहेको बताए ।

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali