Skip to main content

Purbi Garjan

दुर्गा प्रसाईं भारतबाट पक्राउ

प्रविण अधिकारी

झापा । चैत्र १५ गते काठमाडौंमा भएको राजावादीहरुको आन्दोलनमा हिंसा भड्काएर फरार रहेका दुर्गा प्रसाईं भारतबाट पक्राउ परेका छन्। मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले उक्त आन्दोलनको नेतृत्व गरेको र आन्दोलन हिंसात्मक बनेपछि उनी फरार रहेका थिए।

फरार रहेका प्रसाईं झापा हुँदै भारत पुगेको सुचना पाएको प्रहरीले वृहत् खोजी कार्य जारी राखेको थियोे । स्रोतका अनुसार प्रसाईं भारतको सिलिगुडी स्थित प्रधाननगरमा त्रिमुल काङ्ग्रेसका एक नेताको घरमा सेल्टर लिएर बसेका थिए ।

दुर्गा प्रसाईंको सेल्टर प्रहरीले पत्ता लगाएपछि उनी त्यहाँबाट आसाम भाग्ने क्रममा आसाम प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सेल्टर पत्ता लगाएपछि हिजोमात्र प्रसाईंले भिडियो सार्वजनिक गर्दै आफू नेपालमै रहेकोे र आफ्नो ज्यानको सुरक्षाको ग्यारेन्टी लिए तुरुन्तै सार्वजनिक हुने बताएका थिए।

पक्राउ परेका प्रसाईंलाई नेपाल ल्याएर विभिन्न मुद्दामा अनुसन्धान अगाडि बढाएर मुद्दा लगाउने तयारी भइरहेको पुर्वी गर्जनलाई विशेष स्रोतले बताएको छ।

यसअघि नै प्रसाईंले आफुलाई इन्काउन्टर गर्ने तयारी रहेकोले एउटा मन्दिरमा शरण लिएर बसेको दावी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali