Purbi Garjan

प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप :मापदण्ड मिचेर झापा प्रहरी प्रमुखको जिम्मेवारी एसपी लिम्बुलाई

 झापा । प्रहरी संगठन भित्र चरम राजनीतिक हस्तक्षेप छताछुल्ल हुँदै गइरहेको छ। सोही क्रममा विवादित छबीका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बु राजनीतिक आडबाटै झापा आएका छन् ।

उनी चितवनबाट सरुवा भएर झापा आएका हुन् । झापा प्रहरी प्रमुखको रूपमा सरुवा भएका लिम्बुको राजनीतिक पहुँचका कारण प्रहरीको सरुवा मापदण्ड मिचेर झापा आएका हुन् । सरुवा प्रक्रिया सामान्य प्रशासनिक निर्णय भए पनि, लिम्बुको सरुवा राजनीतिक पहुँचको प्रभावमा भएको भन्ने आरोपहरू उठेका छन् ।

सामान्यतया एक जिल्लाको प्रमुखबाट अर्काे जिल्लाको प्रमुखमा सरुवा हुँदैन । चितवन मन नपरेको भन्दै लिम्बूले झापा मागेर आएको स्रोतको दावी छ । उनी प्रधानमन्त्री केपी ओलीको पूर्व पिएसओ भएकाले नियम मिचेर सरुवा गरिएको स्रोत बताउँछ । सत्ताको आडमा लिम्बुका अघि प्रहरी महानिरीक्षक दीपक थापा निरिह देखिएका हुन् ।

प्रधानमन्त्री ओलीको निकट भएका कारण उनका लागि मापदण्ड उल्लंघन गरिएको बुझिएको छ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो कार्यकालमा प्रधानमन्त्री रहेका बेला उनी व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) का रूपमा कार्यरत थिए । यस कारण, उनीमाथि एमाले निकटता र राजनीतिक संरक्षणको आरोप लाग्दै आएको छ।

०७४ सालमा लिम्बु दमकमा प्रहरी नायब उपरीक्षक (डीएसपी) का रूपमा कार्यरत थिए। त्यसबेला स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट दमककाे नगर प्रमुखका उम्मेदवार रोमनाथ ओलीलाई सहयोग गरेको आरोप उनीमाथि लागेको थियो । उनलाई अन्य उम्मेदवार मौन अवधिमा पैसा बाँड्ने एमाले कार्यकर्तालाई सहयोग गरेको आरोप लगाएका थिए ।

त्यसबेला मतगणना गर्न स्थलमा प्रवेश गर्नसमेत अन्य उम्मेदवारले अवरोध गरेका थिए । यस्तै, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि इलाममा सुवास नेम्वाङलाई जिताउन विशेष सहयोग गरेको आरोप छ । खासगरी चुलाचुली क्षेत्रमा उनले मिहिनेत गरेका थिए । त्यसबेला प्रहरी निरीक्षक रहेका उनी इलाका प्रहरी कार्यालय मंगलबारेको इञ्चार्ज थिए । पछि सुवास नेम्वाङ सभामुख भएपछि उनी व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) गए । पिएसओ हुँदै उनी प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए।

यस्तै, ०८० सालको भदौ महिनामा ताप्लेजुङ जिल्ला प्रहरी प्रमुख हुँदा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामसँग उनको चरम विवाद भएको थियो। सांसद हाङगामसँग विवादको घटनापछि कांग्रेस नेताहरू लिम्बुसँग असन्तुष्ट भएका थिए । ०८१ कात्तिकमा , लिम्बुलाई मोरङ जिल्ला प्रहरी प्रमुखको रूपमा काज सरुवा गरिएको थियो । तर, कांग्रेस नेताहरूको असहमति र दबाबका कारण तीन दिनमै उनको काज रद्द गरिएको थियो । कांग्रेस नेताहरूले लिम्बुको एमाले निकटता र विगतका विवादहरूलाई कारण देखाउँदै असन्तुष्टि जनाएका थिए । त्यसपछि उनलई चितवन पठाइएको थियो । यसअघि झापाको कमान्ड सम्हालेका मिलन केसीको सरुवा भएको छ। उनको अपराध अनुसन्धान शाखा काठमाडौमा सरुवा भएको हो ।

को कसको प्रभावमा ?

सोमबार सरुवा भएका ६३ एसपीमध्ये जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी पाएका अधिकांश एसपी संगठनको रुचिभन्दा राजनीतिक दबाबमा बढी सरुवा भएको प्रहरी स्रोतले जनाएको छ ।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पीएसओ रहिसकेका कोमल शाह काभ्रेपलाञ्चोलक प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

वर्तमान प्रधानमन्त्री ओलीका ०७२ सालका पीएसओ सन्तोष तामाङ यसअघिकै बढुवामा बारा सरुवा भइसकेका छन् भने ०७५ का पीएसओ लिम्बूले एक जिल्लाबाट सीधै अर्को जिल्ला प्रमुखका रूपमा जाने कीर्तिमान नै रचेका छन् ।

यसपटकको सरुवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीको पनि राम्रै चलखेल भयो । आयुक्त तथा प्रहरीका भूपू एआईजी जयबहादुर चन्दको सिफारिसमा बाग्लुङ प्रहरी प्रमुखका रूपमा तिलक भारती सरुवा भएका छन ।

बागलुङ पठाउनका लागि गृहमन्त्री रमेश लेखकको सचिवालयले नारायणप्रसाद अधिकारीको नाममा दबाब दिएको थियो । तर, अख्तियारका अगाडि गृहको केही चलेन ।

परराष्ट्रमन्त्री तथा पार्टी सभापतिपत्नी डा।आरजु देउवाको सिफारिसमा बालनरसिंह राणा कैलाली सरुवा भए ।

सबैभन्दा बढी चलखेल हुने रुपन्देही प्रहरी प्रमुखको जिम्मेवारीलाई आईजी दिपक थापाले आफ्नो मुठ्ठीभन्दा बाहिर जान दिएनन् । उनैले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सकारात्मक बनाएर प्रदीपबहादुर क्षेत्रीलाई त्यहाँ पठाएका हुन् । त्यहाँ गोविन्द पुरीलाई पठाउनका निम्ति उच्च राजनीतिक दबाब थियो । तर, पुरी चितवनमा परे ।

उनले जिल्ला प्रहरी प्रमुखका रुपमा पठाउन चाहेका अंगुर जिसी, दयानिधी ज्ञवालीसहितका एसपी यो सरुवामा छुटेका छन् ।

पथलैया ट्राफिक पठाइएका राजकुमार सिलवाल, बुटवल ट्राफिक पठाइएका मित्रबन्धु शर्मा, सुर्खेत पठाइएका सुधीरराज शाही, स्याङ्जा गएका दधिराम न्यौपाने, धनुषाका नरहरि रेग्मी, राजमार्ग सुरक्षा ट्राफिक तनहुँ गएका दानबहादुर थापा र कञ्चनपुर प्रहरी प्रमुख खड्गबहादुर खत्री आईजी थापाले विभागीय कार्यक्षमताका आधारमा सरुवा गरेका एसपी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आज साँझ ६ बजेदेखि काकडभिट्टा र पशुपति नगर नाका ७२ घण्टाका लागि बन्द

आज साँझ ६ बजेदेखि काकडभिट्टा र पशुपति नगर नाका ७२ घण्टाका लागि बन्द

दार्जिलिङ । निर्वाचन आयोग भारतद्वारा घोषित पश्चिम बंगाल विधानसभाको निर्वाचनलाई लक्षित गर्दै पश्चिम बंगालसँग सिमा जोडिएको अन्तर्राष...
टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र युएई भिड्दै

टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र युएई भिड्दै

काठमाडौं। नेपाल राष्ट्रिय क्रिकेट टोली ले आज यूएई राष्ट्रिय क्रिकेट टोली विरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल खेल्दैछ। ...
चन्द्रगढी महिला गोल्डकपः आज पुलिस र आयोजक खेल्दै

चन्द्रगढी महिला गोल्डकपः आज पुलिस र आयोजक खेल्दै

भद्रपुर, बैशाख ७ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (सोमबार) विभ...
इलाम-झापा मैत्री समाजको कार्यसमिति विस्तार, दुई सदस्य मनोनित

इलाम-झापा मैत्री समाजको कार्यसमिति विस्तार, दुई सदस्य मनोनित

झापा । इलाम-झापा मैत्री समाजको कार्यसमितिले पूर्णता पाएको छ। समाजका अध्यक्ष तिलोतमा खत्रीको अध्यक्षतामा बसेको दोस्रो बैठकले दुई जन...
ne_NPNepali