बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को अन्तिम चारमा स्थान पक्का गरेको छ । पेनाल्टी सुटआउटमा रथखोला फुटबल एकेडेमीलाई हराउँदै आयोजक सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले रथखोलालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । योसँगै सेमिफाइनल समीकरण पुरा भएको छ । बुधबार पहिलो सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ भने बिहीबार आयोजक बाहुण्डाँगी युवा क्लब धाइजन एफसीसँग भीड्नेछ । ४०–४० मिनेटको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आयोजकका विप्लब…
झापा । प्रहरी संगठन भित्र चरम राजनीतिक हस्तक्षेप छताछुल्ल हुँदै गइरहेको छ। सोही क्रममा विवादित छबीका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बु राजनीतिक आडबाटै झापा आएका छन् । उनी चितवनबाट सरुवा भएर झापा आएका हुन् । झापा प्रहरी प्रमुखको रूपमा सरुवा भएका लिम्बुको राजनीतिक पहुँचका कारण प्रहरीको सरुवा मापदण्ड मिचेर झापा आएका हुन् । सरुवा प्रक्रिया सामान्य प्रशासनिक निर्णय भए पनि, लिम्बुको सरुवा राजनीतिक पहुँचको प्रभावमा भएको भन्ने आरोपहरू उठेका छन् । सामान्यतया एक जिल्लाको प्रमुखबाट अर्काे जिल्लाको प्रमुखमा सरुवा हुँदैन । चितवन मन नपरेको भन्दै लिम्बूले झापा मागेर आएको स्रोतको दावी छ । उनी प्रधानमन्त्री केपी ओलीको पूर्व पिएसओ भएकाले…