Skip to main content

Purbi Garjan

जेसीआई ११० औं स्थापना दिवसको अवसरमा झापामा बृहत रक्तदान कार्यक्रम हुँदै

झापा। विश्व रेडक्रस दिवस तथा जेसीआई को ११० औं स्थापना दिवसको अवसरमा झापाको पाउ पाथीभरा मन्दिर परिसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइरालाको अध्यक्षतामा झापा, मोरङ र इलामका १६ वटा जेसीज शाखाहरूको संयुक्त आयोजनामा रक्तदान  कार्यक्रम सम्पन्न हुने बाहुण्डाँगी जेसिज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द  चम्लागाईँले जानकारी दिए। कार्यक्रमलाई रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग पुर्‍याउनेछ भने स्थानीय विभिन्न संघसंस्थाहरूको सहआयोजनामा कार्यक्रम सञ्चालन हुनेछ।

उक्त कार्यक्रममा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी प्रमुख अतिथिको रूपमा सहभागी हुने छन्।

बाहुनडाँगी जेसीजका अध्यक्ष जेसी नित्यानन्द चम्लागाईंका अनुसार रक्तदान कार्यक्रममार्फत समुदायमा मानवताको भावना प्रवर्द्धन गर्नुका साथै समाजसेवामा सक्रिय युवा पुस्तालाई प्रेरित गर्ने उद्देश्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali