Skip to main content

Purbi Garjan

बाहुण्डाँगी जेसीजद्वारा सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सम्पन्न

झापा । सामाजिक कामहरुमा सक्रिय रहँदै आएको बाहुण्डाँगी जेसीजले सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सफलतापूर्वक सम्पन्न गरेको छ। “युवा सशक्तीकरण” भन्ने मूल नाराअन्तर्गत आयोजित उक्त तालीम शाखाका पदाधिकारीहरूलाई नेतृत्वदायी भूमिकातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो।

नेपाल जेसीज २०२४ बाट TOT तालिम प्राप्त प्रशिक्षक तथा २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतम, कानुनी सल्लाहकार जेसी अनिस काफ्ले, र व्यवसाय क्षेत्रका उपाध्यक्ष जेसी प्रबिन चापागाईंले प्रशिक्षण दिएका थिए।

तालीममा मेची जनसाधारण माध्यमिक विद्यालय तथा ओसायनिक अङ्ग्रेजी विद्यालयका शिक्षकहरू, साथै जेसीज पदाधिकारीहरूको सहभागिता रहेको अध्यक्ष नित्यनन्द चम्लागाईँले जानकारी दिए।

सामाजिक क्षेत्रका उपाध्यक्ष जेसी बिमल रणपहेलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रका उपाध्यक्ष जेसी एलिस पौडेल संयोजक रहेका थिए। कार्यक्रमको अध्यक्षता जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षता रहेको उक्त अभिमुखिकरण कार्यक्रममा २०१६ का शाखा अध्यक्ष जेसी पुष्कर ढकाल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा जेसी दुर्गा भण्डारीले आस्था वाचन गरेकी थिइन्  भने स्वागत मन्तव्य जेसी एलिस पौडेलले राखेका थिए। उक्त कार्यक्रमको औचित्यबारे जेसिज अध्यक्ष चम्लागाँईले प्रकाश पारेका थिए।

त्यसैगरी, मेची जनसाधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री चन्द्रशेखर गुरागाईं र प्रमुख अतिथि जेसी पुष्कर ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali