Skip to main content

Purbi Garjan

बाहुण्डाँगी जेसीजद्वारा सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सम्पन्न

झापा । सामाजिक कामहरुमा सक्रिय रहँदै आएको बाहुण्डाँगी जेसीजले सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सफलतापूर्वक सम्पन्न गरेको छ। “युवा सशक्तीकरण” भन्ने मूल नाराअन्तर्गत आयोजित उक्त तालीम शाखाका पदाधिकारीहरूलाई नेतृत्वदायी भूमिकातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो।

नेपाल जेसीज २०२४ बाट TOT तालिम प्राप्त प्रशिक्षक तथा २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतम, कानुनी सल्लाहकार जेसी अनिस काफ्ले, र व्यवसाय क्षेत्रका उपाध्यक्ष जेसी प्रबिन चापागाईंले प्रशिक्षण दिएका थिए।

तालीममा मेची जनसाधारण माध्यमिक विद्यालय तथा ओसायनिक अङ्ग्रेजी विद्यालयका शिक्षकहरू, साथै जेसीज पदाधिकारीहरूको सहभागिता रहेको अध्यक्ष नित्यनन्द चम्लागाईँले जानकारी दिए।

सामाजिक क्षेत्रका उपाध्यक्ष जेसी बिमल रणपहेलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रका उपाध्यक्ष जेसी एलिस पौडेल संयोजक रहेका थिए। कार्यक्रमको अध्यक्षता जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षता रहेको उक्त अभिमुखिकरण कार्यक्रममा २०१६ का शाखा अध्यक्ष जेसी पुष्कर ढकाल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा जेसी दुर्गा भण्डारीले आस्था वाचन गरेकी थिइन्  भने स्वागत मन्तव्य जेसी एलिस पौडेलले राखेका थिए। उक्त कार्यक्रमको औचित्यबारे जेसिज अध्यक्ष चम्लागाँईले प्रकाश पारेका थिए।

त्यसैगरी, मेची जनसाधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री चन्द्रशेखर गुरागाईं र प्रमुख अतिथि जेसी पुष्कर ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali