झापा । सामाजिक कामहरुमा सक्रिय रहँदै आएको बाहुण्डाँगी जेसीजले सेयर बजारसम्बन्धी अभिमुखीकरण तालीम सफलतापूर्वक सम्पन्न गरेको छ। "युवा सशक्तीकरण" भन्ने मूल नाराअन्तर्गत आयोजित उक्त तालीम शाखाका पदाधिकारीहरूलाई नेतृत्वदायी भूमिकातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो। नेपाल जेसीज २०२४ बाट TOT तालिम प्राप्त प्रशिक्षक तथा २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतम, कानुनी सल्लाहकार जेसी अनिस काफ्ले, र व्यवसाय क्षेत्रका उपाध्यक्ष जेसी प्रबिन चापागाईंले प्रशिक्षण दिएका थिए। तालीममा मेची जनसाधारण माध्यमिक विद्यालय तथा ओसायनिक अङ्ग्रेजी विद्यालयका शिक्षकहरू, साथै जेसीज पदाधिकारीहरूको सहभागिता रहेको अध्यक्ष नित्यनन्द चम्लागाईँले जानकारी दिए। सामाजिक क्षेत्रका उपाध्यक्ष जेसी बिमल रणपहेलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रका उपाध्यक्ष जेसी एलिस…